गृहमन्त्रीले भने- तीनकुने घटनाका घाइतेको उपचार खर्च सरकारले ब्यहोर्छ, व्यक्तिगत खर्च भए फिर्ता हुन्छ
गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते राजावादीको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा घाइते भएकाहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।
बुधबार घाइतेको उपचार भइरहेको विभिन्न अस्पतालमा पुगेर गृहमन्त्री लेखकले स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । सो क्रममा उनले घाइतेहरूको सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको जानकारी दिए ।
कसैले व्यक्तिगत खर्चमा उपचार गरेको भए अस्पतालमार्फत सरकारले उपचारमा लागेको खर्च फिर्ता दिने उनले बताए । गृहमन्त्री लेखकले उक्त घटनामा घाइते भएकाहरूको उपचारको कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए ।
सुशासन र समृद्धिको यात्रामा कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीद्वारा पाणिनि सम्मेलनकाे उद्घाटन
पाणिनिको तपोभूमिलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
तेस्रो बिमस्टेक कृषि मन्त्रीस्तरीय बैठक काठमाडौंमा सम्पन्न
हितेन्द्रलाई डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योगहरूसँग ‘डेडिकेटेड फिडर र ट्रङ्कलाइन’को बाँकी बक्यौता रकम यकीन गरेर तत्काल उठाउन निर्देशन दिएका छन् ।
ऊर्जा मन्त्रालयमा आज मन्त्रालयका सचिव सुरेश आचार्य, विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धिताल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर बक्यौता उठाउन निर्देशन दिएका हुन् ।
विसं २०७३ माघदेखि २०७५ वैशाखसम्म विभिन्न उद्योगलाई ट्रङ्कलाइन र डेडिकेटेड लाइनमार्फत विद्युत् उपलब्ध गराइएको र सोको महसुलसम्बन्धी विवाद रहँदै आएको छ ।
लोडसेडिङ हटाउन प्राधिकरण सक्षम, हल्लाको पछि नलाग्नू : हितेन्द्रदेव
ऊर्जामन्त्री भन्छन्- हितेन्द्रदेव एसियाकै अब्बल इन्जिनियर, अब ‘लोडसेडिङ’ हुँदैन
राष्ट्र बैंकको प्रतिवेदन : रेमिट्यान्सले अर्थतन्त्र ठिकठाक छ

नेपाल राष्ट्र बैंकको प्रतिवेदनले मुलुकको पछिल्लो अवस्था ठिकठाक रहेको देखाएको छ । रेमिट्यान्स आप्रवाहमा निरन्तर वृद्धि भइरहेको र त्यसकै कारण मुलुकमा आयातदेखि विदेशी मुद्राको सञ्चितिमा सकारात्मक अवस्था बनेको हो ।
चालु आर्थिक वर्षको ८ महिनामा विदेशमा काम गर्न गएका नेपालीले १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ पठाएका छन् । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.४ प्रतिशतले बढी हो ।
रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि र निर्यातमा भएको वृद्धिले गर्दा विदेशी मुद्राको सञ्चितिमा पनि बढोत्तरी भएको छ । नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार २०८१ असार मसान्तमा २०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८.० प्रतिशतले वृद्धि भई २०८१ फागुन मसान्तमा २४०९ अर्ब २५ करोड पुगेको हो ।
आर्थिक वर्ष २०८१/८२ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
आठ महिनामा सरकारको खर्च ८ खर्ब ३९ अर्ब ३६ करोड
आठ महिनामा सात प्रदेशले गरे ६८ अर्ब ५ करोड खर्च
विदेशी मुद्राको सञ्चिति २४ खर्ब नाघ्यो, १४ महिना बढीको आयात धान्न पुग्ने
आठ महिनामा २१ अर्ब ८३ करोडको धितोपत्र निष्कासन
८ महिनामा साढे १० खर्ब रेमिट्यान्स भित्रियो
मतगणना नसकिँदै नेपाल बारमा मिश्रको प्यानल विजयी हुने निश्चित, सबै पदमा दोब्बरको अग्रता

नेपाल बार एशोसियनको मतगणना अन्तिम चरणमा पुगेको छ । नयाँ नेतृत्व चयनका लागि गत शनिबार भएको मतदानपछि जारी मतगणना अन्तिम चरणमा पुग्दा विजयप्रसाद मिश्रको प्यानलले जित पक्का गरेको हो ।
अब ५ सय मात्रै मत गन्न बाँकी रहँदा नेपाली कांग्रेस-नेकपा एमालेनिकट वकिलहरूको प्यानलले दोब्बर मतको अग्रता बनाएको छ ।
सत्तारूढ गठबन्धनबाट एमालेनिकट पीपीएलए र कांग्रेसनिकट डीएलएका साझा उम्मेदवार मिश्रले ४८९२ मतसहित जित पक्का गरिसकेका छन् ।
यातायात कार्यालयबाटै नक्कली लाइसेन्स बिक्री, प्रतिमहिना तीन करोड सङ्कलन
लामो समयपछि काठमाडौंमा वर्षा, प्रदूषणबाट राहत (तस्बिरहरु)

लामो समयपछि काठमाडौं उपत्यकामा पानी परेको छ । आज उपत्यकाका पेप्सिकोलालगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा वर्षा भएको हो ।
वर्षा भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण घट्ने अपेक्षा गरिएको छ भने प्रदूषणले आजित काठमाडौंवासीले राहत महसुस गरेका छन् ।
दुई सरकारको टकरावले अलपत्र काठमाडौं टावर (तस्बिरहरू)
आठौँ दिन हात उठाउँदै सडकमा शिक्षक (तस्बिरहरू)
गौतमबुद्ध विमानस्थल सञ्चालनको माग गर्दै रुपन्देहीका उद्योगी आन्दोलित
पक्राउ परेका नेतालाई नछोडिए राजावादीले सामूहिक गिरफ्तारी दिने

राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले सामूहिक गिरफ्तारी दिने निर्णय गरेको छ।
आन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले चैत्र १५ गतेको घटनामा पक्राउ परेका नेता रिहा नगरे सामूहिक गिरफ्तारी दिने घोषणा गरेका हुन् ।
बुधबार काठमाडौंमा आयोजित प्रतिबद्धता सभामा बोल्दै गुरुङले तीनकुने घटनामा पक्राउ परेकालाई वैशाख २१ गतेसम्म रिहाइका साथै नवराज सुवेदीको नजरबन्द फुकुवा नभए वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने घोषणा गरे।
राप्रपाको सभामा उपस्थित थिएनौँ : राप्रपा नेपाल
नारायणगढ–बुटवल सडक : दाउन्ने खण्ड आजदेखि चार घण्टा बन्द
प्रसाईंको भिडियो : म भागेको होइन, ज्यान तलमाथि नहुने ग्यारेन्टी भए २४ घण्टामै सार्वजनिक हुन्छु

राजा फर्काउने अभियानमा लागेका विवादित पृष्ठभूमिका दुर्गा प्रसाईंले आफू कतै भागेर नगएकआो बताएका छन् ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा उनी र नवराज सुवेदी नेतृत्वमा भएको प्रदर्शनका क्रममा दुईजनाको ज्यान जाने गरी भएको घटनापछि फरार भएका उनले दुर्गा प्रसाईंले आफू नभागेको तर्क गरेका हुन् ।
बुधबार फेसबुकमा एउटा भिडियो सन्देश दिँदै पेरूका गोञ्जालोजलाई जस्तै हत्या गर्ने भएपछि आफू ‘जोगिएको’ तर्क गरेका छन् । ‘पेरूमा साइनिङपथको आन्दोलन गोञ्जालोजलाई मारेपछि तुहिएको थियो’, उनले भने, ‘मेरो पनि त्यही अवस्था बनाउन खोजिएको थियो । अब दुर्गा प्रसाईं रोकिँदैन, घर घरमा पुगिसकेको छ । म भागेको छैन, मेरो ज्यान तलमाथि हुने भएकाले मात्रै जोगिन बसेको हुँ । म नयाँ जोशका साथ आउँछु ।’
नारायणीमा डुबेका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो
रविको मानवअधिकार हनन भएको भन्दै रास्वपाले गुहार्यो आयोग
चीनले ८४ प्रतिशत कर लगाए पछि ट्रम्पले भने- अब अमेरिका सर्नुहोस्

चीनले अमेरिकी आयातमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेपछिको पहिलो टिप्पणीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्पनीहरूलाई अमेरिकामा फर्किन प्रोत्साहन दिइरहेको बताएका छन् ।
सामाजिक मिडिया प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै अमेरिकी राष्ट्रपतिले भने, ‘तपाईँको कम्पनीलाई संयुक्त राज्य अमेरिकामा सार्ने यो राम्रो समय हो।’
चीनको समानमा १०४ प्रतिशत कर लगाउने घोषणा गरे पछि चीनले पनि भोली देखी नै लागु हुने गरी जवाफमा ८४ प्रतिशत कर लगाएको छ ।
युक्रेनमा १ करोड ३० लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता
अमेरिकासँग वार्ता गर्न इरान तयार
अमेरिकाले देश निकाला गरेका आप्रवासीलाई किन लगिन्छ एल साल्भाडोर ?
प्रतिक्रिया