आजका समाचार : विरोध गर्नेसँग ओली क्रोधित, साउदीमा अलपत्र नेपालीको उद्धार माग र भारत-पाकिस्तान फेरि तनाव, कूटनीतिज्ञलाई देश छोड्न आदेश | Khabarhub Khabarhub

आजका समाचार : विरोध गर्नेसँग ओली क्रोधित, साउदीमा अलपत्र नेपालीको उद्धार माग र भारत-पाकिस्तान फेरि तनाव, कूटनीतिज्ञलाई देश छोड्न आदेश


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

सामाजिक सञ्जालमा सरकार र एमालेको विरोध गर्नेको प्रतिरोधमा उत्रिन कार्यकर्तालाई ओलीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले मिसन ०८४ मा बहुमत ल्याउन जनसंगठनहरुले सक्रियता बढाउनु पर्ने बताएका छन् ।समयसापेक्ष रुपमा संगठनलाई अघि नबढाएसम्म उपलब्धि हासिल नहुने उनले बताएका छन् ।

गत फागुनदेखि वैशाखसम्म महाधिवेशन गरेका जनसंगठनका पदाधिकारीलाई संयुक्त रुपमा बधाई दिन आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संगठनभित्र गुटबन्दी र बेठिक प्रवृतिलाई प्रोत्साहन गर्न नहुने बताए ।

प्रतिकुल अवस्थामा एमालेले सरकारको नेतृत्व गर्नु परेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले चारैतिरबाट सरकार र पार्टीविरुद्ध भइरहेका हमलाको प्रतिवाद गर्न जनसंगठन क्रियाशील हुनुपर्ने बताए ।

जलवायु परिवर्तन सम्बन्धी मुद्दामा सहकार्य र समन्वय आवश्यक : परराष्ट्रमन्त्री

व्यवहारिक र वस्तुनिष्‍ठ बजेट निर्माण हुने छ : अर्थमन्त्री पौडेल

कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छोड्न आदेश

संविधान र व्यवस्थाविरोधी क्रियाकलाप सह्य हुँदैन : गृहमन्त्री 

नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्छ : उपराष्ट्रपति यादव

सरकारी कारोबारमा बेरुजु बढ्नु सुशासनका लागि चुनौती : राष्ट्रपति

सरकारलाई एमाले प्रमुख सचेतकले भने– साउदीमा अलपत्र नेपालीको उद्धार गरियोस्
प्रमुख सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बर्तौलाले साउदी अरबको जुवेल सहरमा सेन्ड्रन इन्टरनेसनल कम्पनी लिमिटेड बन्द भएपछि चार सय भन्दा बढी नेपाली अलपत्र परेको भन्दै उनीहरूको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराए ।

कम्पनी बन्द हँुदा २ देखि ९ महिनासम्मको पारिश्रमिक नेपालीले पाउन नसकेको उनले बताए । अर्कातिर बर्हिगमन भिसा बन्द भएकाले स्वदेश आउन नपाउँदा नेपाली अलपत्र परेको उनले बताए ।

बर्तौलाले यथाशीघ्र ती नेपालीको उद्धार गरी आवश्यक सहयोग र सहजीकरणमा जुट्न सरकारसँग आग्रह गरेका छन् ।

सांसदको सङ्ख्या घटाऔँ, बाहिरबाट मन्त्री नियुक्त गरौँ : नारायणकाजी श्रेष्ठ

मुलुकलाई गतिशील बनाउन सरकार गम्भीर छ : पदम गिरी

भूमिसम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत

प्रतिनिधिसभा बैठक : साउदीमा अलपत्र नेपालीको उद्धार गर्न माग

रवीन्द्र मिश्रलाई मिसिलसहित उपस्थित गराउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई अनुसन्धानको मिसिलसहित उपस्थित हुन आदेश दिएको छ ।

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गर्दै मिश्रलाई यही शुक्रबार इजलासमा उपस्थित गराउन भनेको हो ।

मिश्र पत्नी सारिका कार्कीले गृहमन्त्रालयसहित १२ जनालाई विपक्षी बनाएर रिट दायर गरेकी थिइन् । उक्त रिटमाथि सर्वोच्चका न्यायाधीश पोखरेलको इजलासमा सुनुवाइ भएको थियो ।

गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा नवराज सुवेदी र दुर्गा प्रसाईंसहितका राजावादी समूहले गरेको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनले ज्यान गुमाएका थिए ।

बागमती प्रदेश : बजेटमा लैङ्गिक समावेशीकरणलाई ध्यान दिन माग

नयाँ शक्तिले प्रशंसा अभियान’लाई चुस्त बनाउने

नेपालको जलविद्युतमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह

गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध र मर्यादित बनाउन प्रधानमन्त्रीको आग्रह

रारासम्म पर्यटन बस सञ्चालनसम्बन्धी अध्ययन गर्न गएको टोली फर्कियो

लामेआहालमा इलेक्ट्रिक माइक्रोबस दुर्घटना, ३ जनाको मृत्यु
पृथ्वी राजमार्ग सडक खण्डको पोखरा-३२, लामेआहालमा इलेक्ट्रिक माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग१ज ८६३० नम्बरको माइक्रोबस दुर्घटनामा परेको हो । मृतकको सनाखत हुन सकेको छैन ।

जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी प्रमुख इन्सपेक्टर शोभा पाण्डेका अनुसार दुर्घटनामा चालक सहित ८ जना घाइते भएको भएका छन् । घाइते ४ जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएकामा ३ जनाको मृत्यु भएको हो ।

बाँकी घाइतेको पोखरा विश्वविद्यालय टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम : बाँझो बारीमा आलुखेती

गण्डकीमा राइड शेयरिङले पायो कानुनी मान्यता

पोखरामा बस दुर्घटना हुँदा २८ जना घाइते, २ जनाको अवस्था गम्भीर

पलाँता गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

३५ वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

भारत र पाकिस्तानका कूटनीतिज्ञहरूलाई २४ घण्टाभित्र देश छोड्न आदेश
पाकिस्तान र भारतले मंगलबार एक-एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेका छन् । दुबै पक्षले आ(आफ्ना अधिकारीमाथि जासुसी गतिविधिमा संलग्न भएको आरोप लगाएका छन् ।

पाकिस्तानले इस्लामावादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई देशमा रहन ‘अस्वीकार्य व्यक्ति’ घोषणा गरेको छ । ती अधिकारीलाई २४ घण्टाभित्र देश छाड्न आदेश दिइएको पाकिस्तानको परराष्ट्र मन्त्रालयले जनाएको छ।

‘पाकिस्तानी प्रशासनले भारतीय कार्यवाहक राजदूतलाई सोधपुछका लागि परराष्ट्र मन्त्रालयमा बोलाएको र उक्त निर्णयबारे औपचारिक जानकारी दिएको थियो’, विदेश मन्त्रालयले भनेको छ, ‘मन्त्रालयले भारतीय नियोगलाई आफ्ना कर्मचारीहरूलाई उनीहरूको कूटनीतिक जिम्मेवारीसँग मेल नखाने कार्यहरूबाट जोगिन सुनिश्चित गर्न आग्रह गरेको छ।’

यसअघि, भारतीय सञ्चारमाध्यमका अनुसार भारत सरकारले नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगमा कार्यरत एक अधिकारीलाई २४ घण्टाभित्र देश छोड्न आदेश दिएको थियो ।

युद्धको त्रासदिमा बाँचेका कश्मीरबासीको चिन्ता- आकाश कहिलेसम्म शान्त रहला ?

सोमालियामा बाढीबाट ८४ हजारभन्दा बढी मानिस प्रभावित

पाकिस्तानले चीनसँग किन किन्दैछ मिसाइलदेखि ड्रोनसम्म ?

कतारको उपहार ट्रम्पलाई निल्नु न ओकल्नु

भारतको मोतीहारीबाट पक्राउ परेका खलिस्तानी विद्रोहीको के छ नेपाल कनेक्सन ?

उरुग्वेका राष्ट्रपति मुजिकाको ८९ वर्षको उमेरमा निधन

फ्रान्स युक्रेनका कारण ‘तेस्रो विश्वयुद्ध’ चाहँदैन : म्याक्रोन

पाकिस्तानी रेञ्जर्सले समातेका भारतीय जवान फिर्ता


























प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ७ : ५२ बजे

सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य

गण्डकीमा आवधिक योजनाका आधारमा बजेट ल्याइने

गण्डकी – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

गौतमबुद्ध विमानस्थलको जग्गा मन्त्रिपरिषद्ले निर्णय गरेर अधिग्रहण भएको हो : क्यान

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गाको

गभर्नर सिफारिस समितिमा पोषराज पाण्डे नियुक्त

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्यमा पोषराज

सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको