आजका समाचार : विद्या भण्डारीले बल गर्दा ओली रुष्ट, दलहरूबीच कुरो नमिल्दा संसद् बैठक स्थगित, टेलिकमकी प्रबन्ध निर्देशकलाई ३३ करोडको भ्रष्टाचार मुद्दा र कोलम्बियामा राष्ट्रपतिका उम्मेदवारलाई गोली प्रहार | Khabarhub Khabarhub

आजका समाचार : विद्या भण्डारीले बल गर्दा ओली रुष्ट, दलहरूबीच कुरो नमिल्दा संसद् बैठक स्थगित, टेलिकमकी प्रबन्ध निर्देशकलाई ३३ करोडको भ्रष्टाचार मुद्दा र कोलम्बियामा राष्ट्रपतिका उम्मेदवारलाई गोली प्रहार


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

उमेर हदबारे ओली भन्छन्- फेल खाइसक्यो, मैले ७४ बाट ७० मा फर्किन मिल्दैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र ७० वर्षे उमेरहदको विषय फेल खाइसकेको बताएका छन् ।

अनेरास्ववियुको २४ औँ महाधिवेशनको उद्घाटन सत्रलाई काठमाडौंको कीर्तिपुरमा आइतबार सम्बोधनका क्रममा प्रधानमन्त्रीसमेत रहेका ओलीले स्वास्थ्यले साथ दिएसम्म नेतृत्व नछाड्ने पनि बताए ।

‘७० वर्ष उमेरको कुरा आयो । ७० वर्षे उमेरहदको विषय एमालेमा फेल खाइसक्यो । अहिले म ७४ चल्दैछु, ७० मा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन त ? ४ वर्ष उमेर घटाउन भएन क्यारे,’ उनले भने

उमेरले भन्दा स्वास्थ्य र कार्यक्षमतालाई मुख्य कुरा बनाउनुपर्ने उनको तर्क थियो । ‘स्वास्थ्यले साथ दिन्छ दिँदैन, कार्यक्षमता हुन्छ कि हुँदैन मुख्य कुरा हो । चीनमा दुईपटक मात्रै अध्यक्ष हुन पाउने नियम बनाएको थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘सी चिनफिङको नेतृत्वको आवश्यकता देखेपछि चिनियाँ कम्युनिस्ट पार्टीले ६५ लगायो । अहिले उहाँ ७२ पुगिसक्नु भयो ।’

राजनीतिमा फर्किने विद्या भण्डारीको प्रयासले ओली रुष्ट, भने- फलाना आउने रे भनेर हल्ला चलाउनको अर्थ छैन

ओलीको चिन्ता : फेसबुके उरन्ठेउलाहरू चुनावको नाममा एमालेभित्र फाटो ल्याउन खोज्दैछन्

भीम रावलबारे ओलीको टिप्पणी- जहिल्यै अराजक, आम्दानी हुने पद खोजिरहन्थे

सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागूऔषध’ हो : गृहमन्त्री लेखक

विधेयक कहिले आउँछ भनी कुरेर बसेका छौँ, सभा छिटो चल्दिए हुन्थ्यो : अध्यक्ष दाहाल

नेताहरूको योगदानबारे प्रचार गर्न आवश्यक छ : सभापति देउवा

संसद्‍मा विपक्षी दलको अवरोध कायमै, सोमबार दिउँसो बस्ने गरि स्थगित

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा पनि नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरूले अवरोध जारी राखे । दुई पटक सारेर साँझ साढे ६ बजे बसेको बैठकमा विपक्षी दलले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सोमबार २ बजेसम्मलाई स्थगित गरेका छन् ।

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सुरूमा ३:१५ बजेका लागि सारिएको थियो । त्यसपछि अपराह्न ५:३० बजेका लागि डाकिएको बैठक साँझ साढे ६ बजे मात्रै केही मिनेट बसेर स्थगित भएको हो ।

भिजिट भिसा प्रकरणमा विपक्षीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर सदनमा अवरोधलाई निरन्तरता दिएका छन् । सत्ता पक्ष कुनै हालतमा गृहमन्त्रीको राजीनामाको पक्षमा छैन । यो अवस्थामा आइतबार कार्यसूचीमै नपसरी बैठक स्थगित भएको हो ।

प्रतिपक्षीले विरोध जनाए पनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुन्छ : सभामुख

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्छ भन्ने अडानमै छौँ : सचेतक पाण्डे

संसदको गतिरोध हटाउन सभामुखको सक्रियता, तीन दलका प्रमुख सचेतकसँग के भने ?

ओलीको गृहजिल्लामा पूर्वराष्ट्रपति भण्डारी, तलसम्मै फेरिँदै एमालेको समीकरण

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रको सक्रिय राजनीतिक जीवनमा फर्किसकेका छन् । उपाध्यक्ष बनिसकेका उनी अहिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै मध्यपहाडी लोकमार्गको यात्रामा छन् । राजनीतिमा पुनको कमब्याकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा फर्किने ढोका खोलिदिएको छ ।

पुनको कमब्याकपछि पूर्वराष्ट्रपति भण्डारीलाई सञ्चारकर्मीले एमालेमा फर्किनेबारे जिज्ञासा राखे । उनले सहजै उत्तर दिइन्, ‘म त सक्रिय नै छु, राजनीतिमै छु ।’

चीनको दश दिने भ्रमण सकेर फर्किएकी भण्डारी यतिबेला गृहप्रदेश कोशीको यात्रामा निस्किएकी छन् । यसअघि पनि उनले कोशीको यात्रा गरेर एमालेका नेता–कार्यकर्ताको नाडी छामिसकेकी छन् । शुक्रबार मोरङका उपप्रमुख तथा उपाध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै भनिन्, महिलालाई पछाडि धकेल्ने प्रवृत्ति अझै कायम छ ।

गठबन्धन राजनीतिले महिला नेतृत्वको अवसरलाई खुम्च्याइरहेको उनको तर्क थियो । महिलाको सक्रियता र हैसियतमा असर परेको उनले बताइन् । राजनीतिक दलहरूले लोकतान्त्रिक मूल्य र समावेशिता जोगाउन महिला नेतृत्वलाई मजबुतीका साथ अगाडि बढाउनुपर्ने जोड उनले गरिन् ।

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

वराहक्षेत्रमा संघीय बजेट : घाउ आँखामा, ओखती नाकमा

मधेस सरकारले थाल्यो वर्षायाम प्रारम्भ हुनुअगावै क्षति नियन्त्रणको पूर्वतयारी

लमजुङको पसगाउँका प्रकृति र संस्कृतिलाई पर्यटनसँग जोडिँदै

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ३३ करोड ४७ लाख बिगो मागदाबी

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालसहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले आइतबार प्रबन्ध निर्देशक पहाडी र पूर्वप्रबन्ध निर्देशक सुनील पौडेलसहित १८ जनाविरुद्ध ३३ करोड ४७ लाख रुपैयाँ मागदाबीसहित मुद्दाको फाइल विशेष अदालतमा पुर्‍याएको छ ।

अख्तियारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को बिलिङ प्रणाली अपग्रेड गर्ने प्रक्रियामा गम्भीर अनियमितता र मिलेमतो भएको निष्कर्ष निकालेको छ ।

उक्त बिलिङ प्रणाली अपग्रेड गर्ने प्रक्रियामा भएको गम्भीर अनियमिततामा पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलसमेतको संलग्नता रहेको उजुरीका आधारमा अनुसन्धान गर्दा ठूलो मात्रामा भ्रष्टाचार भएको अख्तियारले जनाएको छ।

सुनील पौडेलविरुद्ध एकपछि अर्को भ्रष्टाचार मुद्दा, दुईवटामा दोषी ठहरिएर काटिरहेका छन् सजाय

प्रेमिकालाई ङ्याँकेर मारेको आरोपमा भारतको हैदरावादमा एक नेपाली पक्राउ

किसानकाे आयआर्जनमा सघाउन ‘बाख्रा उपहार’

विलासी करको विरोध गर्दै सुनचाँदी व्यवसायी सडकमा (तस्बिरहरू)

सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले आज विरोध प्रदर्शन गरेको छ ।

सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन माग गर्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले आइतबार काठमाडौंको न्युरोड क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

बजेटमा अव्यवहारिक र अनावश्यक रूपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरूको भनाइ छ ।

सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा लागू गर्न खोजिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज हुनुपर्ने आफूहरूको माग रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मानिकरत्न शाक्यले बताए ।

बजेटमार्फत सरकारले गरेको व्यवस्थाले आफूहरूको व्यापारमाथि नकारात्मक असर पर्ने देखिएको उनको भनाइ छ ।

उनीहरूले सुनचाँदीमा लगाएको विलासिता कर खारेज गर, हामी विरोधमा छौ, उपभोक्ता, कालिगड तथा व्यवसायीमैत्री ऐन तुरुन्त जारी गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

पालिकाको अनुदानमा किसानलाई यान्त्रिक हलो वितरण

अझै बनेन धुलिखेल–खावा सडक

मनै लोभ्याउने शैलुङको सुन्दरता (तस्बिरहरू)

सप्तकोशीमा बेपत्ता सशस्त्रका अर्का जवानको पनि शव भेटियो

बाम्का बजार आगलागी : राहत वितरणका लागि समिति गठन

आगलागी पीडितलाई प्रदेश सरकारले चालीस लाख रुपैयाँ सहयोग गर्ने

बेनी-जोमसोम-कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति

माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम

चीनको अन्तरिक्ष अनुसन्धानमा ‘तियानवेन–२’ को ऐतिहासिक यात्रा सुरु

चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनका अनुसार, ‘तियानवेन–२’ नामक यान शुक्रबार बिहानसम्म लगातार आठ दिनभन्दा बढी समयदेखि पृथ्वीको कक्षमा सफलतापूर्वक सञ्चालनमा रहेको छ। हालसम्म यो यान पृथ्वीबाट ३० लाख किलोमिटरभन्दा टाढा पुगेको छ ।

तियानवेन–२ चीनको एक अन्तरग्रहीय मिसन हो, जसको उद्देश्य क्षुद्रग्रहको अध्ययन गर्नु र त्यहाँबाट नमूना सङ्कलन गरेर पृथ्वीमा फर्काउनु हो ।

प्रशासनले तियानवेन–२ ले खिचेको एउटा तस्बिर सार्वजनिक गरेको छ, जसमा एउटा सौर्य पाटा (सोलार प्यानल) पूर्ण रूपमा खुलिएको देखिन्छ ।

तियानवेन–२ चीनद्वारा प्रक्षेपण गरिएको पहिलो क्षुद्रग्रह नमूना सङ्कलन यान हो। यसलाई गत मे २९ तारिखका दिन अन्तरिक्षतर्फ पठाइएको थियो। यस अभियानको उद्देश्य क्षुद्रग्रहको उत्पत्ति, विकासक्रम तथा प्रारम्भिक सौरमण्डलको अध्ययन गर्नु हो ।

इरानमा कुकुरलाई सार्वजनिक स्थलमा घुमाउन नपाइने

लस एन्जलसमा आप्रवासीको विरोध प्रदर्शनमा ट्रम्पले राखे नेसनल गार्ड तैनाथ

टिकटक स्टार कबी लेम अमेरिकामा पक्राउ

कोलम्बियाका राष्ट्रपतिका उम्मेदवार गोली प्रहारबाट घाइते

लस एन्जल्समा ‘नेशनल गार्ड’ परिचालन गर्न ट्रम्पको निर्देशन

विधेयक असफल बनाउन लगानी गरे मस्कले ठूलो मूल्य चुकाउनुपर्छ : ट्रम्प

गाजाको राहत वितरण केन्द्रमा इजरायलको आक्रमण, ६ जनाको मृत्यु

स्कटल्याण्डले नेपाललाई दियो ३ सय २४ रनको विशाल लक्ष्य

स्कटल्याण्डले नेपाललाई ३ सय २४ रनको लक्ष्य दिएको छ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत आइतबार जारी खेलमा नेपालले विशाल लक्ष्य पाएको हो ।

स्कटल्याण्डको डन्डीस्थित फोर्टहिल मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय २३ रन बनायो ।

स्कटल्याण्डका लागि कप्तान रिची ब्यारिङ्टनले शतकीय पारी खेले । १ सय १४ बलको सामना गरेका उनले ६ चौका र ४ छक्काको मद्दतमा १ सय २ रन बनाए । त्यसैगरी, माइकल लिस्कले नट आउट ९६ रन जोडे । केबल ६२ बलको सामना गरेका उनले १२ चौका र ३ छक्का हिर्काए ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ८ : ०० बजे

स्कटल्याण्डसँग नेपाल दुई रनले पराजित

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

दीपेन्द्र र सोम्पालको अर्धशतक पूरा

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

बिर्तामोडमा पुरुषको शव भेटियो

झापा – बिर्तामोड नगरपालिका–२ चैतुवाडीस्थित श्रीराम प्लाई उदोग नजिकैको कच्ची

ओडीआईमा दीपेन्द्रको एक हजार रन पूरा

काठमाडौं – नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले अन्तराष्ट्रिय एक

माधव नेपालले भने : पतञ्जलि जग्गा प्रकरणमा गहन अनुसन्धान आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले