बालुवाटार बैठक : मन्त्रिपरिषद् पुनर्गठनबारे भएन छलफल
मन्त्रिपरिषद् पुनर्गठनको चर्चाकाबीच बालुवाटारमा बसेको बैठक सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठनको विषय नै नउठेको बताइएको छ ।
कांग्रेसका तर्फबाट बैठकमा सहभागी उपसभापति पूर्णबहादुर खड्काले मन्त्रिपरिषद् पुनर्गठनको विषयले छलफलमा प्रवेश नै नपाएको बताएका छन् ।

‘संघीय सरकारका मन्त्री हेरफेरबारे विषय प्रवेश भएन,’ उनले भने । उपसभापति खड्काले शीर्ष नेतृत्वबीच सरकारका काम कारबाही प्रभावकारी बनाउने, विधेयकहरूलाई टुंग्याएर कानुन निर्माण गर्ने र बागमती सरकारबारे कुराकानी भएको बताए ।
बालुवाटारमा जुटे कांग्रेस र एमालेका शीर्ष नेता
विदेशी भूमिमा पुगेर नेपालीले कमाएको अनुभव र पुँजी देश विकासमा फर्काऔँ : डा. महत
गृहमन्त्री लेखक र संयोजक हाम्दीबीच भेट
बालुवाटार बैठकमा बागमती प्रदेश सरकारबारे प्रधानमन्त्रीको चासो
‘नेपालजस्तो पर्यटकीय गन्तव्यका लागि डोम हाउस निकै प्रभावकारी’
सबै नेपालीले खुसीका साथ खीर खान पाउने वातावरण बनाउन लागौँ : प्रधानमन्त्री
गौतमबुद्ध र पोखरा क्षेत्रीय विमानस्थललाई राष्ट्रिय गौरवका संरचनाको रूपमा राख्नुपर्छ : उड्डयनमन्त्री
शंकर पोखरेल भन्छन्- जमिन बाँझै छाडेर युवा विदेशिने अवस्था बदल्नुपर्छ
रञ्जितालाई हटाएर बुवा लालवीरलाई नाउपाको अध्यक्ष बनाए रेशमले
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफ्ना बुवा लालवीर चौधरीलाई पार्टीको नयाँ अध्यक्ष बनाएका छन् ।
काठमाडौंमा बुधबारदेखि भएको प्रथम राष्ट्रिय भेलाबाट वर्तमान अध्यक्ष एवम् पत्नी रञ्जिता चौधरीलाई पार्टीको साधारण सदस्यबाटसमेत हटाउने निर्णय पारित गराउँदै रेशमले बुवालाई नेतृत्व सुम्पिएका हुन् ।

नाउपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बास्तोलालाई दिएकी रञ्जितालाई पार्टीबाटै बिदा गर्ने निर्णय रेशमले राष्ट्रिय भेलाबाट गराएका हुन् ।
पार्टीको विवाद चलिरहेका बेला अध्यक्ष श्रेष्ठले गत आइतबार कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष बास्तोलालाई दिएकी थिइन् ।
रञ्जिताले दलका नेता गंगारामलाई सोधिन् स्पष्टीकरण
रञ्जिताले भनिन्- विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्दिन
रञ्जितालाई निकाल्ने निर्णयपछि रेशमले भेटे देउवालाई
परराष्ट्रमन्त्रीले भनिन्- बोली, आचरण र व्यवहार पार्टीलाई कसरी सुदृढ बनाउने भन्ने हुनुपर्छ
संसद्को शक्ति डिजिटल पहुँच र जनविश्वासमा निहित छ : सभामुख घिमिरे
‘आधारभूत मानव अधिकारका रुपमा खाद्य अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध’
कांग्रेसको कलहले बिरामी परे बागमती प्रदेश प्रमुख, तीन मन्त्रीको शपथ रोकियो
प्रमुख सत्तारुढ नेपाली कांग्रेसभित्रको घर झगडाले बागमतीका प्रदेश प्रमुखलाई समेत छोएको छ।
बहालवाल मुख्यमन्त्री बहादुरसिंह लामा र मुख्यमन्त्री बन्न खुट्टो उचालिसकेका इन्द्र बानियाँबीचको कलहले प्रदेश प्रमुख दीपक प्रसाद सापकोटा बिरामी नै परेका हुन् ।

एक वर्षअघि मुख्यमन्त्री बनेका बहादुरसिंहलाई हटाएर आफू मुख्यमन्त्री बन्न मकवानपुरका इन्द्र बानियाँले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
उक्त अविश्वास प्रस्तावमा बुधबार भएको मतदानमा बानियाँको पक्षमा २२ र लामाको पक्षमा १४ मत खस्यो । एक मत बदर भएको थियो । लामाले बुधबारबाटै दलको नेताको हैसियत गुमाइसके पनि मुख्यमन्त्रीबाट राजीनामा नदिने अडान लिएर बसेका छन् ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत, नागरिक उन्मुक्तिको पनि समर्थन
वीरेन्द्रनगरका १४ वडामा ३५५ सीसीटिभी क्यामेरा जडान गरिँदै
नेतृत्वमाथि षड्यन्त्रपूर्वक भएको घेराबन्दी युवाहरूले तोड्नुपर्छ : सदस्य थापा
महिला उद्यमशीलताको प्रवर्द्धन गरिनुपर्छ : मुख्यमन्त्री सिंह
‘थानकोट-चित्लाङ सडक आर्थिक विकास र समृद्धिका लागि सहयोगी बन्नेछ’
देशभरका सात राजमार्ग अवरुद्ध
तराई-मधेसमा तत्काल खानेपानीको व्यवस्था गर्न सरकारलाई निर्देशन
राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले तराई(मधेसका सुख्खाग्रस्त क्षेत्रमा तत्काल खानेपानीको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा बिहीबार बसेको समितिले बैठकले मधेसका सुख्खाग्रस्त क्षेत्रमा तत्काल खानेपानी व्यवस्थाका लागि आवश्यक बजेट व्यवस्थापन गरी तत्काल माग पुरा गर्न सरकारलाई निर्देशन दिएको हो ।

त्यस्तै देशका अन्य स्थानमा पनि खानेपानीको समस्या समाधान गर्न सरकारलाई निर्देशन दिइएको समिति सभापति कमला पन्तले जानकारी दिइन् ।
बैठकले मधेस प्रदेशलगायत देशैभर देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि अध्ययन गरी प्रतिवेदन बुझाउन सांसद उर्मिला अर्यालको संयोजकत्वमा समिति पनि गठन गरेको उनले बताइन् ।
पानी उमालेर मात्र पिउन उपभोक्तालाई काठमाडौं महानगरको आग्रह
कोशी प्रदेशसभामा खानेपानी तथा सरसफाइ विधेयकमाथि छलफल
वार्षिक प्रगति समीक्षास्थलमा नै किसानले बुझाए कृषिमन्त्रीलाई ज्ञापनपत्र
ऐतिहासिक सौग हिटी: सफाइ (तस्बिरहरू)
क्यानडाले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने
फ्रान्स र बेलायतपछि क्यानडाले प्यालेस्टाइनलाई सेप्टेम्बर महिनादेखि लागू हुनेगरि स्वतन्त्र राज्यको मान्यता दिने घोषणा गरेको छ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अर्को वर्ष हमासको अनुपस्थितिमा स्वतन्त्र निर्वाचन हुने सम्भावना समेत व्यक्त गरेका छन् ।

इजरायलले युद्ध विरामको प्रस्ताव नमानेमा सेप्टेम्बर महिनादेखि प्यालेस्टाइन्लाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायती घोषणाको एक दिनपछि कार्नीले सो कुरा बताएका हुन् । इजरायली प्रधानमन्त्रीले भने यो घोषणाले हमासलाई पुरस्कृत गरेको प्रतिक्रिया दिएका छन् । कार्नीले आउँदो संयुक्त राष्ट्र सङ्घीय महासभामा यो प्रस्ताव राख्ने समेत बताएका छन् ।
उनले वेस्ट बैंकमा इजरायलले बढाउँदै गरेको प्रभाव तथा अहिलेको गाजाको अवस्थामा चिन्ता व्यक्त गरेका छन् । बुधबार पत्रकारसँग कुरा गर्दै कार्नीले गाजाको अमानवीय अवस्था बढी रहेको भन्दै दुःख व्यक्त गरेका छन्।
रुससँग हतियार किनेको भन्दै अमेरिकाले भारतीय सामानमा लगायो २५ प्रतिशत कर
ओलम्पिक च्याम्पियनको हिमाल आरोहणको क्रममा निधन
थाइल्यान्डलाई सीमा सङ्घर्षमा कब्जामा लिएका सैनिक फिर्ता गर्न कम्बोडियाको आग्रह
भारतलाई २५ प्रतिशत कर थोपरेकै दिन ट्रम्पले गरे पाकिस्तानसँग तेल उत्खनन सम्झौताको घोषणा
दक्षिण कोरियाको अदालतद्वारा पूर्वराष्ट्रपति युनको गिरफ्तारी वारेन्ट जारी













प्रतिक्रिया