अर्थसंक्षेप : निगमको जहाजमा प्राधिकरण कर्मचारी र व्यापारीले लिन्छन् छुट, बैंकिङ प्रणालीबाट ६० अर्ब तान्दै राष्ट्र बैंक र २७ अंकले घट्यो नेप्से | Khabarhub Khabarhub

अर्थसंक्षेप : निगमको जहाजमा प्राधिकरण कर्मचारी र व्यापारीले लिन्छन् छुट, बैंकिङ प्रणालीबाट ६० अर्ब तान्दै राष्ट्र बैंक र २७ अंकले घट्यो नेप्से


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

निगमको जहाजमा विद्युत् प्राधिकरणका कर्मचारी र उद्योगी व्यवसायीले लिन्छन् छुट

नेपाल वायुसेवा निगमको जहाजमा विद्युत् प्राधिकरणका कर्मचारी र निजी क्षेत्रका उद्योगी व्यवसायीले छुट लिएर उडान गर्ने गरेका छन् ।

निरन्तर घाटामा सञ्चालन भइरहेको निगमले प्राधिकरणका कर्मचारी र निजी क्षेत्रका उद्योगी व्यवसायीलाई १५ प्रतिशतसम्म छुट दिएर अन्तर्राष्ट्रिय उडान गरेको गराउने गरेको हो ।

निगमद्वारा खबरहबलाई प्राप्त प्रतिवेदनअनुसार निगमले नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता नै गरेर प्राधिकरणमा कार्यरत कर्मचारीदेखि तिनको परिवारका सदस्यसम्मलाई अन्तर्राष्ट्रिय टिकटमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको हो ।

‘विद्युत् प्राधिकरणका कर्मचारी तथा निजको परिवार सदस्यहरूलाई निगमले अन्तर्राष्ट्रिय उडानमा १५ प्रतिशत छुट दिने तथा कार्गो रेटमा कार्गोको प्रकृति र भोलुमको आधारमा ५ देखि १० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ’, प्राप्त प्रतिवेदनमा भनिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले ‘आरवीवी फोकस ४०’ म्युचुअल फण्ड बिक्री गर्ने 

प्रभु स्मार्ट फण्डले १० प्रतिशत लाभांश दिने 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

वैदेशिक रोजगारीको बेथिति : चिया पकाउन नजान्नेलाई ‘कुक’ को जागिर !

वैदेशिक रोजगार विभागको कार्यालय ताहाचल परिसरमा महोत्तरीका ८१ वर्षका रामबाबु राय हातमा निवेदन बोकेर ब्लग ‘ए’ को १८, १९ र २६ नम्बरको कोठा–कोठा भौँतारिरहेका थिए ।

एक महिना अगाडी साउदी पठाएको छोरो अलपत्र परेपछि छोराको उद्धारको लागि मेनपावर धाए । तर मेनपावरले बेवास्ता गरेपछि उनी सरकारी निकायमा पुगेका छन् ।

खबरहबसँग कुरा गर्दै भन्छन्, ‘मेनपावर भनेको पैसा लिने बेलामा मात्रै हामीसँग हाँसेर बोल्ने रहेछ । यिनीहरू हामीले हातमा पैसा नदिँदासम्म राम्रो व्यवहार गर्ने तर समस्या परेपछि नचिन्ने रहेछन् । गल्फ लिङक ओभरसिजले मेरो छोरा फिर्ता ल्याउन कुनै सहयोग गरेन । सञ्चालक समीक्षा पाण्डेले बेवास्ता गरिन् ।’

रायका दुई छोरामध्ये साउदी पुगेको आशिष् जेठा छोरा हुन् । २८ वर्ष उनका ३ बालबच्चा छन् । गाडी चलाउने काममा पठाएको महिना दिन बित्न लाग्यो तर काम दिएको छैन । लेबर काम गर्न बाध्य पारेको छ । राम्रोसँग बस्न खान पाएको छैन । राती ११ बजे आएर कोठा खाली गर्न धम्की दिएको छ ।

बैंकिङ प्रणालीमा पैसा थुप्रियो, राष्ट्र बैंकले ६० अर्ब तान्दै 

पोखरामा बीवाईडीको नयाँ शोरूम र सिलायन ७ को शुभारम्भ

२७ अंकले घट्यो नेप्से, कारोबार कति ? 

निजी ऊर्जा उत्पादकलाई पेलेर विद्युत प्राधिकरणले बहादुरी देखायो : मोहन डाँगी

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (ईप्पान)का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रलाई अप्ठ्यारो पारेर बहादुरी नदेखाउन आग्रह गरेका छन् ।

आइतबार विद्युत् प्राधिकरणको ४० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोन्धन गर्दै वरिष्ठ उपाध्यक्ष डाँगीले उक्त कुरा बताएका हुन् ।

‘विद्युत् प्राधिकरण र ईप्पान मिलेर देशलाई समृद्धिको मार्गमा लैजान योगदान गरी इतिहास रच्ने सुनौलो अवसर पाएको समयमा एक मात्र विद्युत् खरिदकर्ता र वितरणकर्ताको हैसियतमा प्राधिकरण खपतबृद्धि, निर्यातबृद्धि र उत्पादनबृद्धिमा लाग्नु पर्ने हो ।’ डाँगीले भने, ‘तर विडम्बना विद्युत् प्राधिकरणको ध्यान विद्युत् उत्पादन कसरी रोक्ने, पीपीए कसरी नगर्ने, आरसिओडीको म्याद कसरी नथप्ने, उत्पादन भएको विद्युत् कसरी नलिने, कन्टिजेन्सी कायम कसरी राख्ने र समग्रमा ऊर्जा उद्यमीहरूलाई कसरी पेलेर बहादुरी देखाउने भन्नेमा रहेको देखिन्छ । यो सोचमा परिवर्तन हुनु जरुरी छ ।’

एशियन होटलले आईपीओ निष्कासन गर्ने 

प्रभु सेलेक्ट फण्डले १२ प्रतिशत लाभांश दिने 

ग्लोबल आइएमई बैंकले पायो ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ अवार्ड

माइलस्टोनमा गृह मन्त्रालय सर्वोत्कृष्ट : लेखकको नेतृत्वमा पाँच वर्षयताकै प्रगति उच्च

नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको माइलस्टोनमा गृह मन्त्रालय पहिलो भएको छ ।

आर्थिक वर्ष २०८१–२०८२ को लागि तोकिएको माइलस्टोनमा गृह मन्त्रालय पहिलो भएको हो । आर्थिक, पूर्वाधार,शासकीय सुधार र सामाजिक क्षेत्रको माइलस्टोनामा गृह मन्त्रालय उत्कृष्ट देखिएको छ ।

तोकिएको १०६ वटा माइलस्टोनमा गृह मन्त्रालयले ९३ माइलस्टोन पुरा गरेको छ भने १३ माइलस्टोनको काम जारी छ । शासकीय सुधारका क्षेत्रमा गृह मन्त्रालयले ८८ प्रतिशत प्रगति हासिल गरेको छ ।

उक्त प्रगति पछिल्लो ५ वर्षयताकै उच्च हो । माइलस्टोनको निकायगत प्रगति प्रवृत्तिमा शासकीय सुधार क्षेत्रमा २०७७/७८ मा ८६.८, २०७८/७९ मा ६४.५, २०७९/८० मा ६९.१, २०८०/८१ मा ६८ प्रतिशत मात्र थियो ।

काठमाडौंमा आइपुग्यो उड्ने कार,  नाडा अटो शोमा प्रदर्शन हुने 

दुग्ध विकास संस्थानको महाप्रबन्धकमा आवेदन खुला 

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ७ : १२ बजे

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता

सिरहा – सिरहाका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन,

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं – हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका