साप्ताहिक आर्थिक खबर : वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित, ९५ प्रतिशतले बढ्यो निर्यात, जापानको ऋण स्वीकृत, राष्ट्र बैंकले ३० अर्ब खिच्दै र कर्जामा पाँच वर्षयताकै सस्तो ब्याज | Khabarhub Khabarhub

साप्ताहिक आर्थिक खबर : वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित, ९५ प्रतिशतले बढ्यो निर्यात, जापानको ऋण स्वीकृत, राष्ट्र बैंकले ३० अर्ब खिच्दै र कर्जामा पाँच वर्षयताकै सस्तो ब्याज


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 7 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

‘उड्ने कार ल्यायौँ, अब ट्राइफिबियस कार बन्दैछ’

अहिले भृकुटीपण्डपमा नाडा अटोमोबाइल्स एसोसिएसन नेपालले आयोजना गरेको नाडा अटो शो–२०२५ चलिरहेको छ । शोमा प्रमुख आकर्षणको रूपमा उड्ने कार रहेको छ । एमएडब्ल्यू ग्रुपले ल्याएको उड्ने कार कहिलेबाट नेपालमा उड्न थाल्छ भन्नेमा सबैको चासो रहेको छ ।

चिनियाँ कम्पनी चाङ्गनले उत्पादन गरेको यो कार केरुङ नाका हुँदै पहिरोको गोरेटोमा भरियालाई बोकाएर नाडा अटो शोमा ल्याइएको हो । जमिनमा गुड्ने सवारीसाधनको मेला नाडा अटो शोमा उड्ने कार किन ल्याइयो त ? अव्यवस्थित तार र भवनको असमान उचाइले कुरुप बनाएको नेपालका शहरको आकाशमा यो कार गुडाउन सम्भव छ ? पहाडी र हिमाली भेगमा यस्तो कारको उपादेयता कहाँनेर छ ?

नाडा अटो शोको सेरोफेरोमा हरेर एमएडब्ल्यू वृद्धिका प्रबन्ध निर्देशक तथा नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष विष्णुकुमार अग्रवालसँग गरिएको कुराकानीको सम्पादित अंशः

पछिल्लो समय विद्युतीय कार बिक्रीमा आक्रामक बनिरहेको एमएडब्ल्यूको बारेमा बताइदिनु न !

एएमएडब्ल्यूले नेपालमा ६० वर्षदेखि नेपालमा अटोमोबाइलको काम गरिरहेको छ । हामीले विराटनगरमा एउटा सानो वर्कसपबाट यो काम थालेका थियौँ । यतिखेर हामीले अटोमोबाइल्सका सबै क्षेत्र समेटेका छौँ ।

दुईपाङ्ग्रेमा यामाहा मोटरसाइकल, हेभी इक्विपमेन्टमा जेसीबी र लुब्रिकेन्ट्समा एचपी बिक्री गरिरहेका छौँ । कमर्सियल भेहिकलमा आइचर र विद्युतीय सवारीसाधन (ईभी) मा एमएडब्ल्यूले डिपल, नामी र सेरेस बिक्री गरिरहेको छ । ईभीमै फोटोनका कमर्सिएल भेहिकल छ ।

एमएडब्ल्यू वृद्धि विशेषगरी अटोमोबाइलमा डिस्ट्रिब्युटोरसीप भएको कम्पनी हो । हामीहरूको हायरपर्चेज कम्पनी पनि छ ।

बढी कमाउने विकास हाइड्रोपावर, गुमाउने सम्पदा लघुवित्त

लुम्बिनीका उद्योगमा श्रमिकले पाउँदैनन् न्यूनतम ज्याला

अनुदानले किसान पशुपालनतर्फ आकर्षित, दूध उत्पादन बढ्यो

अलैँचीको निर्यात दोब्बरले बढ्यो

वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

कृषि विकास बैंकले अर्थतन्त्रका अन्य क्षेत्रमा पनि लगानी गरिरहेको छ : सिइओ गुरूङ

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले कृषि विकास बैंकले कृषि क्षेत्रलाई प्राथमिकता राखे पनि अर्थतन्त्रका अन्य क्षेत्रमा पनि लगानी गरिरहेको बताएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको संयुक्त आयोजनामा ‘कर्जा नीतिमा स्थिरता: अटोमोबाइल बजारको दीर्घकालीन विकासको आधार’ विषयक अन्तरक्रियामा सिइओ गुरुङले बैंकको ऋण विविधीकरण गरिरहेको बताए । अटोमोवाईल्स क्षेत्रमा पनि कर्जा प्रवाह गर्दै आएको बताउँदै उनले गत वर्षको नाडा अटो शोमा स्टल समेत राखेको बताए ।

एनआईसी एशिया बैंकका ग्राहकलाई कैलाली हस्पिटलमा २० प्रतिशत छुट

बेनी हाइड्रोपावरले आईपीओ ल्याउने 

नेप्सेले डाटा सेन्टर निर्माण गर्ने

नबिल बैंकले पायो युरो मनी अवार्ड

जुम्लाका स्थानीय तहको आन्तरिक स्रोत खुम्चिँदो

जुम्लाका स्थानीय तहले आन्तरिक स्रोतमार्फत खासै आम्दानी गर्न सकेका छैनन् । यहाँ एक नगरपालिका र सात गाउँपालिका गरी आठ स्थानीय तह छन् । ती स्थानीय तहको आन्तरिक स्रोतको आम्दानी घटेको महालेखा परीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

सो प्रतिवेदन अनुसार तिला गाउँपालिकाले आर्थिक वर्ष २०८०-८१ मा वार्षिक आय १९ लाख ३६ हजार २६२ आन्तरिक स्रोतमार्फत आम्दानी गरेको छ । उक्त पालिकाले सोही आवमा रु २५ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । खर्चमध्ये आन्तरिक आयको हिस्सा ०.४४ प्रतिशत छ ।

उक्त आवमा पदाधिकारी सुविधामा करिब रु ८१ लाख १२ हजार खर्च गरेको छ । जुन आन्तरिक आयको ४४२ दशमलव ७९ प्रतिशत रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५८ मा स्थानीय तहले आफ्नो कार्यक्षेत्रभित्र व्यवसाय कर उठाउनुपर्ने व्यवस्था रहे पनि तिलाले कुनै शीर्षकमा कर संकलन नगरेको महालेखा परीक्षकको प्रतिवेदनमा औँल्याइएको छ ।

त्यसैगरी, सिंजा गाउँपालिकाले २५ लाख ८५ हजार ९९७ आम्दानी गरेको छ । आन्तरिक स्रोत बढाउन पालिकाले विभिन्न चरणमा बालुवा गिट्टी, ढुङ्गाको बोलपत्र आह्वान गरेपनि राजस्व सङ्कलन गर्न नसकेको सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । त्यसैगरी तातोपानी गाउँपालिकाले पेस गरेको आयव्ययको अनुमानमा आन्तरिक आयतर्फ रु २३ लाख २६ हजार छ । पालिकाकोे कुल बजेटमध्ये आन्तरिक आयको हिस्सा ०।०५ प्रतिशत मात्र छ ।

सानिमा रिलायन्स लाइफको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न मिल्ने

सिटी होलटले हकप्रद शेयर निष्काशन गर्ने

कोरिया पठाइदिन्छु भन्दै १ करोड ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ

बजेट अभावमा पाँच वटा पुल निर्माणमा ढिलाइ

बजेट अभावका कारण हुलाकी सडक आयोजना अन्तर्गतका पाँच वटा पुल निर्माणमा ढिलाइ भएको छ ।

हुलाकी सडक आयोजना कार्यालयका अनुसार धनगढीमा दुई वटा पुल निर्माण तोकिएको म्यादमा सम्पन्न नभएका हुन् । ती पुल निर्माण सम्पन्न गर्ने म्याद दुई वर्ष थप गरिए पनि ६५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।

धनगढी उपमहानगरपालिका–१ र २ जोड्ने र वडा नं १ र ८ जोड्ने खोलामा २५-२५ मिटर लम्बाइका दुई पुल ३० महिनामा सम्पन्न गर्ने गरी २०७८ फागुन १९ गते ३० रु आठ करोड २३ लाख ७३ हजारमा मालिका निर्माण सेवा प्रालिसँग सम्झौता भएको थियो ।

बन्दीपुरमा दूधमा अनुदानका लागि ३५ लाख बजेट विनियोजन

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले ३० अर्ब खिच्दै

बुधबार बैंकिङ प्रणालीबाट नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ खिच्ने भएको छ। मध्यान्ह ३ बजेसम्ममा बोलकबोल माध्यमबाट अनलाइन प्रक्रियाबाट आवेदन दिनसक्ने छन्।

राष्ट्र बैंकले भदौ २९ गतेसम्मका लागि ३० अर्ब रुपैयाँ लिने भएको छ।

घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्ने सकिने केन्द्रीय बैंकले बताएको छ।

टेलिकमले भन्यो- मोबाइलमा आएका शंकास्पद लिंकहरू नखोल्नुहोस् 

बुधबार सुनको मूल्य १६ सय घट्यो, चाँदीको मूल्य कति ?

मन्त्री दाहाल र राजदूत श्रीवास्तवद्वारा हेंवा खोला बेलिब्रिज उद्‌घाटन

मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा निर्माण सम्पन्न भएको ‘मोडुलर बेलिब्रिज’को आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्‌घाटन गरेका छन् ।

गत वर्षको असोज १२ गते आएको बाढीले ‘बेलिब्रिज’ बगाएपछि निर्माण गरिएको ७० मिटर लामो ‘बेलिब्रिज’को आज मन्त्री दाहाल र राजदूत श्रीवास्तवले संयुक्त रुपमा उद्‌घाटन गरेका हुन्।

उक्त बेलिब्रिजका सामग्री भारत सरकारले उपलब्ध गराएको र संरचना निर्माण तथा जडानको काम नेपाल सरकारले गरेको सडक विभागले जनाएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

बजेट पारित नहुँदा समस्यामा धरान उपमहानगर

जापान सरकारको ३० अर्ब आठ करोड रुपैयाँ ऋण स्वीकार

कोटेश्वर चोक सुधार्न जापानको ऋण स्वीकृत, बीमा प्राधिकरणका निलम्बित अध्यक्ष ओझा पदमुक्त

सरकारले दुई दिनअघि (भदौ २ गते) बसेको मन्त्रिपरिषद्‌ बैठकका २५ निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम्‌ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका निर्णय सार्वजनिक गरेका हुन्‌ ।

पछिल्लो मन्त्रिपरिषद्‌ बैठकले गरेका दुई निर्णय सार्वजनिक सरोकारमा महत्व राख्ने खालका छन्‌ । काठमाडौँको भित्री चक्रपथमा यात्रा गर्दा कोटेश्वर चोकमा सास्ती ब्यहोर्नु परिरहेको अवस्था हटाउन सरकारले जापान सरकारबाट तीन अर्ब आठ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सकार्ने निर्णय गरेको हो ।

यसैगरी; स्वार्थसमूहको आडभरोसा, उक्साहट र दबाबमा नक्कली कागजात पेश गरी नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्न पुगेको आरोप खेपेका शरद्‌ ओझालाई पनि मन्त्रिपरिषद्‌ बैठकले पदमुक्त गरिदिएको छ ।

ओझाले खराब आचरण प्रदर्शन गरेको, कार्यक्षमता अभाव रहेको र पदीय जिम्मेवारी पालना नगरेको देखिएको मन्त्रिपरिषद्‌को निर्णयमा उल्लेख छ ।

काठमाडौंमा अवैध प्लटिङ नियन्त्रणमा कडाइ गर्ने तयारी

प्रहरी सेवापछि व्यावसायिक खेतीमा पदम, कमाउँछन् वार्षिक दुई लाख

गृह मन्त्रालयद्वारा हालसम्मकै उच्च बेरुजु फर्छ्यौट

बेरुजु फर्छ्यौट गरी वित्तीय सुशासन कायम गर्न गृह मन्त्रालयको क्रियाशीलता बढेको छ ।

गृहमन्त्री रमेश लेखकको गृह नेतृत्वको पहिलो वर्षमा आ व २०८१/०८२ मा हालसम्मकै उच्च २ अर्ब ३६ करोड १२ लाख ६३ हजार रुपैयाँ बेरुजु रकम गृह मन्त्रालयले फर्छ्यौट तथा गरेको छ ।

अघिल्लो आर्थिक वर्षसम्म गृह मन्त्रालय अन्तर्गत कुल बेरुजु ३ अर्ब ७२ करोड ४५ लाख ८७ हजार फर्छ्यौट बाँकी रहेको थियो ।

रिलायन्स स्पिनिङ मिल्सको नाफा ४२ प्रतिशतले बढ्यो

नबिलको ‘एन आई ३१’ म्यचुअल फण्डमा आवेदन दिने अन्तिम दिन

एनएमबि बैंकको नयाँ अटो लोन योजना, ७‍.१३% ब्याजदरमा व्यक्तिगत सवारी साधन

लगानीकर्ताका लागि उत्तम समय : कर्जामा पाँच वर्षयताकै सस्तो ब्याज

नेपालको बैंकिङ क्षेत्रबाट प्रवाहित हुने कर्जाको ब्याजदर पाँच वर्ष यताकै कम भएको छ । ऋण लिएर उद्योग व्यवसाय गर्नेहरूका लागि यो उपयुक्त समय भएको उद्योगी व्यवसायीहरूको भनाइ छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ०७८ असारमा वाणिज्य बैंकले प्रवाह गर्ने कर्जाको औसत ब्याजदर ८.४३ प्रतिशत थियो । ०७९ र ०८० साल असारसम्म आइपुग्दा सो ब्याजदर क्रमशः वृद्धि भएर ११.६२ र १२.३० सम्म पुग्यो ।

त्यसपछि ओरालो लागेको कर्जाको ब्याजदर गत जेठ महिनासम्म आइपुग्दा ७.९९ प्रतिशतमा आइपुगेको छ । जुन ब्याजदर पछिल्लो पाँच वर्ष यताकै सबैभन्दा कम हो ।

पछिल्लो दुई महिना यता नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको एकीकृत तथ्यांक प्रकाशित नगरेको भएपनि मुद्दतीतर्फको ब्याजदर निरन्तर घट्दा जेठ महिनाको तुलनामा असार र साउन महिनामा पनि बैैंकिङ क्षेत्रबाट प्रवाह हुने कर्जाको ब्याजदरमा थप गिरावट आएको छ ।

बढ्न सकेन कर्जाको माग, राष्ट्र बैंकले एक महिनामै खिच्यो तीन खर्ब ८० अर्ब

चालु आर्थिक वर्ष २०८२/०८३ लागेयता नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ८ पटकमा तीन खर्ब ८० अर्ब रुपैयाँ तरलता खिचिसकेको छ ।

तरलता व्यवस्थापन गर्नका लागि राष्ट्र बैंकले यसरी बारम्बार यसरी पैसा खिचिरहेको छ । एकातर्फ बैंकहरूमा पैसा थुप्रिरहँदा अर्कोतर्फ लगानीको वातावरण सुस्ताउँदै गएको देखिएको छ । व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन नगएपछि अहिले राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न पैसा खिचिरहेको हो ।

केन्द्रीय बैंकले साउन ४ गते ४२ दिनका लागि ५० अर्ब, साउन ७ गते ५६ दिनका लागि ८० अर्ब, साउन ११ गते २८ दिनका लागि ५० अर्ब, साउन १४ गते ४२ दिनका लागि २५ अर्ब रुपैयाँ बैङ्किङ प्रणालीबाट खिचेको थियो ।

त्यस्तै, साउन १९ गते ५० अर्ब रुपैयाँ ४२ दिनका लागि, साउन २१ गते ४० अर्ब रुपैयाँ ३५ दिनका लागि, साउन २८ गते २५ अर्ब २५ दिनका लागि र भदौ १ गते ६० अर्ब रुपैयाँ ३१ दिनका लागि खिचेको थियो ।

चाहिनेभन्दा बढी तरलता भए, त्यसले ब्याजदरलाई झन् तल लान सक्ने भएकाले पैसा खिच्ने गरिएको राष्ट्र बैङ्कको प्रवक्ता किरण पण्डित बताउँछन् ।

‘ऋणको माग भएन भने ब्याजदर तल जाने हुन्छ’, पण्डितले भने, ‘ब्याजदर धेरै तल पनि नजाओस् भनेर सिमाना राख्न खोज्छौँ । ब्याजदरले मुद्रा स्फीतिमा समेत असर गर्ने भएकाले त्यसलाई सन्तुलनमा राख्न हामी प्रयास गछौँ ।’

निगमको जहाजमा विद्युत् प्राधिकरणका कर्मचारी र उद्योगी व्यवसायीले लिन्छन् छुट

नेपाल वायुसेवा निगमको जहाजमा विद्युत् प्राधिकरणका कर्मचारी र निजी क्षेत्रका उद्योगी व्यवसायीले छुट लिएर उडान गर्ने गरेका छन् ।

निरन्तर घाटामा सञ्चालन भइरहेको निगमले प्राधिकरणका कर्मचारी र निजी क्षेत्रका उद्योगी व्यवसायीलाई १५ प्रतिशतसम्म छुट दिएर अन्तर्राष्ट्रिय उडान गरेको गराउने गरेको हो ।

निगमद्वारा खबरहबलाई प्राप्त प्रतिवेदनअनुसार निगमले नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता नै गरेर प्राधिकरणमा कार्यरत कर्मचारीदेखि तिनको परिवारका सदस्यसम्मलाई अन्तर्राष्ट्रिय टिकटमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको हो ।

‘विद्युत् प्राधिकरणका कर्मचारी तथा निजको परिवार सदस्यहरूलाई निगमले अन्तर्राष्ट्रिय उडानमा १५ प्रतिशत छुट दिने तथा कार्गो रेटमा कार्गोको प्रकृति र भोलुमको आधारमा ५ देखि १० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ’, प्राप्त प्रतिवेदनमा भनिएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ७ : १३ बजे

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

महोत्तरी – जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्