राष्ट्र बैंकको नयाँ निर्देशन : जेन-जी आन्दोलन प्रभावितलाई कर्जाको पुनर्तालिकीकरणदेखि सहुलियतपूर्ण कर्जासम्म
नेपाल राष्ट्र बैंकले भदौ २४ गतेको जेन-जी आन्दोलनमा प्रभावित भएका उद्योग, व्यवसाय, प्रतिष्ठान र ऋणीलाई लक्षित गरेर एकीकृत निर्देशन संशोधन गरेको छ ।

जेन-जी आन्दोलनबाट प्रभावितलाई लक्षित गरेर राष्ट्र बैंकले कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना, सवारी साधनको ऋण मूल्य अनुपात, सहुलियतपूर्ण कर्जा लगायतका विषयमा एकीकृत निर्देशनलाई संशोधन गरेर ल्याएको हो ।
जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग, व्यापार, व्यवसाय, प्रतिष्ठान तथा अन्य ऋणीलाई प्रवाहित कर्जा ऋणीको अनुरोधमा सम्बन्धित इजाजतपत्र प्राप्त संस्थाले प्रभावको यकिन गरेर सर्त सहित कर्जाको पुनर्तालिकीकरण/वा पुनरसंरचना गर्न सक्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ ।
सञ्चालनमा ल्याइयो तीन मन्त्रालयमा हटलाइन नम्बर
अर्थ मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू
बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्माले लिए शपथ
व्यवसायीक वातावरण पुनरुत्थानका लागि शान्ति सुरक्षा पहिलो सर्त : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले व्यवसायीक वातावरण पुनरुत्थानका लागि शान्ति सुरक्षा पहिलो सर्त भएको बताएका छन् । बुधबार विराटनगर भन्सार कार्यालयमा भन्सार जाँच पासमा स्वचालित मूल्याङ्कन प्रणाली उद्घाटन कार्यक्रममा बोल्दै उनले सो धारणा राखेका हुन् ।

उनले भाद्र २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएको घुसपैठबाट व्यापक तोडफोड एवं आगजनीका घटनाले सरकारी तथा निजी उद्योग प्रतिष्ठान तथा व्यक्तिगत सम्पत्तिमा अकल्पनीय क्षति भएको र यसले आम मानिस तथा उद्योगी व्यवसायीको मनोबल कमजोर बनाएको बताए ।
‘त्यो घटनापछि उद्योगी व्यवसायीको मनोबल कमजोर भएको छ । लगानीको लागि उच्च मनोबल चाहिन्छ । मनोबल उकास्न शान्ति सुरक्षा चाहिन्छ ।’ उनले भने, ‘भ्रष्टाचार नियन्त्रण, सुशासन, मुलुकमै रोजगारीको अवसरको सिर्जना, राजश्वको सदुपयोग जस्ता युवाहरूको चाहना निर्बाध पेसा व्यवसाय गर्ने अधिकारको सुनिश्चितता र लगानी एवं रोजगारी प्रवर्द्धनको कारणले मात्र सम्भव हुने भएकोले यसको लागि उपयुक्त वातावरण सिर्जना गर्न आवश्यक छ ।’
लहान वितरण केन्द्रमा ४४ करोडभन्दा बढी विद्युत् बक्यौता
चार हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा विस्तार
जेन–जी आन्दोलनमा क्षति भएका संरचना बनाउन ‘भौतिक पूर्वाधार पुनर्निर्माण समिति’ गठन, कोष स्थापना
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भौतिक संरचनामा भएको ठूलो क्षतिपछि सरकारले पुनर्निर्माणका लागि उच्चस्तरीय समिति गठन र कोष स्थापना गरेको छ।
मन्त्रिपरिषद्को ६ असोजको निर्णयअनुसार ‘भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२’ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ।

उक्त समितिको अध्यक्षता अर्थमन्त्रीले गर्नेछन् भने सदस्यमा गृहमन्त्री, शहरी विकास मन्त्री र नेपाल सरकारका मुख्यसचिव रहनेछन्। शहरी विकास मन्त्रालयका सचिव सदस्य–सचिव रहने व्यवस्था गरिएको छ।
समितिले आन्दोलनबाट क्षति भएका संरचनाको पुनर्निर्माण कार्ययोजना तर्जुमा, स्वीकृति, कार्यक्रम खर्च, अनुगमन र सुपरिवेक्षण गर्नेछ। यसका लागि शहरी विकास मन्त्रालयमा सचिवालय रहने व्यवस्था गरिएको छ।
नेपाल र श्रीलंकाको चेम्बरबीच सहकार्यको सम्झौता
शिक्षण पेशा छोडेर तरकारी खेती, वार्षिक पाँच लाख आम्दानी
दुई महिनामा ७० अर्ब ऋण थपेको थियो ओली सरकारले
तत्कालीन केपी ओली नेतृत्वको एमाले–कांग्रेस सहितको गठबन्धन सरकारले चालु आर्थिक वर्ष (आव)को दुई महिनामा झण्डै ७० अर्ब सार्वजनिक ऋण थपेको थियो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार केपी ओली नेतृत्वको सरकारले चालु आवको साउन र भदौ महिनामा ६९ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ राज्यको ऋण थप गरेको हो ।
कार्यालयका अनुसार चालु आवको साउन १ गतेसम्म नेपालको सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड ७७ लाख रुपैयाँ रहेकोमा भदौ मसान्तसम्म सो ऋण बढेर २७ खर्ब ४३ अर्ब ३७ करोड १० लाख रुपैयाँ पुगेको छ । जसमा आन्तरिक ऋण १२ खर्ब ६८ अर्ब २२ करोड ४१ लाख र बाह्य ऋण १४ खर्ब ५ अर्ब ८२ करोड ३५ लाख रुपैयाँ रहेको छ ।
गुराँस लघुवित्तले १५ प्रतिशत बोनस दिने
बागलुङमा मुस्ताङी च्याङ्ग्राको आयातमा कमी
कुलमानलाई प्रश्न– हितेन्द्र हटाउने निर्णय जेन–जी आन्दोलनको म्यान्डेट हो ?
भदौ २३ र २४ गते जेन–जी पुस्ताका नेपाली युवाले विश्व इतिहासमा नै रेकर्ड राख्नेगरी भिमकाय विद्रोह गरे । जुन विद्रोहले दुई ठूला कांग्रेस–एमाले दल सहित बनेको दुई तिहाइको सरकारलाई पल्टाइदियो ।
७३ जनाको बलिदान र खर्बौं बराबरको सार्वजनिक तथा निजी सम्पत्तिको ध्वंसको आधारमा अहिले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी अन्तरिम सरकार बनेको छ ।

मूलतः जेन–जी आन्दोलनको जनादेशको आधारमा बनेको सरकारले सुरुवाती दिनमा केही लोकप्रिय निर्णय गरेको छ । तर एउटा निर्णय भने जेन–जी आन्दोलनको मर्ममाथि नै प्रश्न उठाउनेगरी निर्णय गरेको छ ।
विद्रोहात्मक शैलीको जेन–जी आन्दोलन भ्रष्टाचार, नेपो बेबिज र प्रत्यक्ष कार्यकारी प्रमुखको निर्वाचनको विषयलाई लिएर सामाजिक सञ्जालबाट आधार तयार गरेर गरिएको थियो ।
दशैँ तिहार अफर : भाटभटेनीबाट किनमेल गर्दा टाटा पन्च ईभी जित्ने अवसर
चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल
अर्थमन्त्री भन्छन्- नोटबन्दीबारे छलफल भएको छैन, तत्काल त्यस्तो हुँदैन
अर्थमन्त्री रामेश्वर खनालले ५ सय र १ हजार दरका नोटको नोटबन्दी गर्ने चर्चामा सत्यता नभएको बताएका छन्।
बुधबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले नोटबन्दी गर्ने बिषयमा कुनै छलफल नै नभएको बताएका हुन् ।

भारत सरकारले लगाएको एकीकृत कर प्रणाली गुड्स एन्ड सर्भिस ट्याक्स (जीएसटी) का कारण नेपाली उद्योगलाई परेको प्रभाव बारे सोधिएको प्रश्नमा अर्थमन्त्री खनालले जीएसटीका कारण कुनै क्षति पुग्ने नदेखिएको बताए ।
क्षति पुग्ने अवस्था भए सुधार गरिने जानकारी उनले दिए । त्यस्तै उनले संविधान अनुसार बनेका प्रदेश संरचना खारेज नहुने स्पष्ट पारेका छन् ।
महँगा र विलाशी वस्तु किन्न निषेध, वितरणमुखी कार्यक्रम पनि रोकिए
अर्थमन्त्री खनालको निर्णय : सबै स्वकीय सचिवको जागिर खाेसियाे
प्रदेश संरचना खारेज हुँदैन : अर्थमन्त्री खनाल
जेन-जी प्रदर्शनः २२ अर्ब २५ करोड बिमा दाबी
जेन-जी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको २२ अर्ब २५ करोड ६५ लाख बराबर बिमा दाबी पुगेको छ।
नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ। सो प्रदेशमा रु १७ अर्ब ९७ करोड ७२ लाख बराबरको बिमा दाबी परेको छ। कूल एक हजार ३४३ वटा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ।

माइक्रो इन्स्योरेन्स कम्पनीसहित कूल १८ वटा बिमा कम्पनीमा दुई हजार ४७८ वटा दाबीको आवेदन परेका प्राधिकरणले जनाएको छ। गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोडलगायत घटना भएका थिए।
प्राधिकरणले निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडका सम्बन्धमा बिमा दाबी भएको स्पष्ट पारेको छ।
चोरी निकासी रोक्न सीमाक्षेत्रमा कडाइ
मीनबहादुरको संकल्प : थाक्ने छुट छैन, चार महिनाभित्र भाटभटेनीलाई उभ्याउँछु (भिडियो)
जेन-जी आन्दोलनका क्रममा सबैभन्दा ठूलो विध्वंश मीनबहादुर गुरुङ सञ्चालक रहेको भाटभटेनी सुपर स्टोरमा भएको छ ।
साना किसान र व्यवसायीलाई समेत गोलबन्द गरेर चलाइएको भाटभटेनी सुपर मार्केटका १५ वटा शाखा जलाएर ध्वस्त पारिएको छ । अन्य चारवटा शाखामा व्यापक तोडफोड भएको छ।

यी तोडफोड र आगजनीको विध्वंशबाट मीनबहादुरले कम्तीमा पनि १५ अर्ब रुपैयाँको क्षति व्यहोर्नुपरेको हिसाब आइरहेको छ ।
तर, मीनबहादुरले हार मानेका छैनन् । निजी क्षेत्रमा सबैभन्दा ठूलो चोट बोकेका उनले क्षतिग्रस्त संरचना चार महिनाभित्र खडा गर्ने संकल्प लिएका छन् ।
गत साता पहिरो गएको बजारमा हरियाली, १११ अंकले उकालो
पाँच दिनमा मुस्ताङ नाकाबाट ३४ करोड बढी भन्सार राजस्व संकलन
मीनबहादुरलाई साथ दिन पुगे चेम्बर अफ कमर्शका सदस्य
जेन–जी आन्दोलनका क्रममा कम्तिमा १५ अर्बको क्षति व्यहोरेका व्यवसायी मीनबहादुर गुरुङलाई साथ दिन व्यवसायीहरूको एउटा टोली नक्सालस्थित भाटभटेनी पुगेको छ।

आइतबार इन्टरनेशनल चेम्बर अफ कमर्श नेपालका सदस्यहरूले नक्सालस्थित जेन-जीका नाममा जलाएर ध्वस्त पारिएको भाटभटेनी सुपरस्टोर अवलोकन गर्दै मीनबहादुरलाई साथ दिए ।
प्रतिक्रिया