आजका समाचार : सुधा र बब्लु बने मन्त्री, आफ्नै कारण रोकिए खगेन्द्र, थाइल्यान्ड-कम्बोडिया युद्धविराम सम्झौतामा हस्ताक्षर र क्रिकेट-भलिबल दुवैमा हार्‍यो नेपाल | Khabarhub Khabarhub

आजका समाचार : सुधा र बब्लु बने मन्त्री, आफ्नै कारण रोकिए खगेन्द्र, थाइल्यान्ड-कम्बोडिया युद्धविराम सम्झौतामा हस्ताक्षर र क्रिकेट-भलिबल दुवैमा हार्‍यो नेपाल


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

सुधा र बब्लुले लिए मन्त्री पदको शपथ, नाम सिफारिस भएर पनि छुटे खगेन्द्र र गणपतिलाल

नवनियुक्त मन्त्रीद्वय सुधा गौतम र बब्लु गुप्ताले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

गौतमले शीतल निवासमा आयोजित विशेष समारोहमा स्वास्थ्य तथा जनसंख्या र गुप्ताले युवा तथा खेलकुद मन्त्रीका रुपमा राष्ट्रपतिसमक्ष शथप लिएका हुन् ।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीले खगेन्द्र सुनारलाई श्रममन्त्री र गणपतिलाल श्रेष्ठलाई भूमिसुधार मन्त्री बनाउने तयारी गरेकी थिइन् ।

दुई मन्त्रीले लिए शपथ (तस्बिरहरू)

खगेन्द्र र गणपतिलालको शपथ रोकियो, बब्लु र सुधामात्रै मन्त्री बन्दै

खगेन्द्रविरुद्ध काभ्रेबाट यही साउनमा जारी भएको थियो पक्राउ पुर्जी

स्वास्थ्यमन्त्री शर्माको पहिलो निर्णय : जेन-जी आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा

खेलकुदमन्त्री गुप्ताको पहिलो निर्णय : मन्त्रालयको बैठक लाइभ गर्ने (तस्बिरहरू)

यी चार पात्र, जसले गुमाए आफ्नै विवादका कारण मुखमा आइसकेको मन्त्री पद

अन्तरिम सरकारमा पहिलो जेन-जी, २८ वर्षमै मन्त्री बने बब्लु गुप्ता

राजेन्द्र महतोसँग कुरा नमिलेपछि सचिव पद त्यागेकी सुधा आफैं बनिन् मन्त्री

जलवायु परिवर्तनका कारण सगरमाथा हिमक्षेत्र उच्च जोखिममा

पछिल्लो अध्ययनले जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण हिन्दुकुश हिमालय क्षेत्रमा हिमताल विष्फोटन, हिमपहिरो तथा छिटो हिउँ पग्लने जोखिम बढेको देखाएको छ ।

अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले गरेको ‘थामे उपत्यका हिमताल विष्फोटन बाढीको कारण, प्रभाव, र भविष्यका जोखिम’ नामक अध्ययनमा उक्त क्षेत्रमा प्रत्येक दश वर्षमा औसत ०.२८ डिग्री सेल्सियसले तापक्रम बढिरहेको उल्लेख छ । उक्त अध्ययन ईसिमोडका जोखिम विशेषज्ञहरू सुदनविकास महर्जन, तेन्जिङ छोग्याल शेर्पा र अरुणभक्त श्रेष्ठले गरेका हुन् ।

अध्ययनले जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रले अभूतपूर्व हिमनदीको पग्लिने दर बढ्नेजस्ता समस्या भोगिरहेको देखाएको छ । यो दर पछिल्ला दशकमा पहिलेको तुलनामा ६५ प्रतिशतले बढेको देखिन्छ । द्रुत हिमनदीको प्रभावका कारण अमू दरिया, सिन्धु, गङ्गा, ब्रह्मपुत्र र इरावदी बेसिनका २५ हजारभन्दा बढी हिमताल वृद्धि भइरहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

अपाङ्गता भएकाहरू अन्नपूर्ण आधार शिविरको पदयात्रामा

पर्यटकीयस्थल दुधकुण्ड पुग्ने क्रममा १० घण्टा बेपत्ता हुँदा…

काठमाडौं उपत्यकामा ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन

संयमित रहन प्रदर्शनरत सबै पक्षलाई आयोगको आग्रह

क्षतिग्रस्त सिंहदरबारका भवनमा रङरोगन, जलेका रुखहरूले हाल्दैछन् पालुवा

वीरगन्जका बजारमा छठ पर्वको तयारी, सर्वसाधारणको भिडभाड (तस्बिरहरू)

विशेष गरी मधेशका हिन्दुहरूको महान् पर्व छठ दोस्रो दिन पुग्दा वीरगन्जका बजारहरूमा किनमेल गर्नेहरूको भीड बढेको छ । भारतको सीमावर्ती सहर रक्सौल नजिक रहेको वीरगन्जमा चार दिनसम्म चल्ने यो पर्वका तयारी अहिले अन्तिम चरणमा पुगेका छन्।

शनिबारदेखि सुरु भएको छठको पहिलो दिन ‘नहाय–खाय’ का अवसरमा भक्तजनहरूले पवित्र नदी र पोखरीहरूमा स्नान गरी सूर्यदेवको आराधना गर्दै पर्वको शुभारम्भ गरे।

आइतबार दोस्रो दिनको ‘खरना’ व्रतका अवसरमा भक्तजनहरूले बिहानदेखि बेलुकी अस्ताउँदो सूर्यसम्म निराहार व्रत बसेका छन्। बेलुकी सूर्यास्तपछि सूर्यदेवलाई अर्पण गरेर मात्र व्रत तोड्ने प्रथा छ ।

छठ पर्वमा चोयाको व्यापारले बजारमा नयाँ रौनक

छठका लागि बागमती नदीमा धाप ड्यामको पानी छाडिने

पर्सामा छठ घाट सजाइयो

एकै दिन ६ हजार बढी भक्तजनले गरे पाथीभरा दर्शन

काठमाडौंको गौरीघाटमा छठ पर्वको तयारी (तस्बिरहरू)

महाराजगञ्ज वृत्तका दुई प्रहरीको हत्या : अहिलेसम्म १० जना समातिए, चारजना जेल चलान

गत भदौ २४ गते जेन-जीका नाममा भएको विध्वंसक आन्दोलनका क्रममा महाराजगञ्ज प्रहरी वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्यामा संलग्न भएको आरोपमा १० जना पक्राउ परेका छन् ।

उक्त प्रकरणमा संलग्न भएको आरोपमा पछिल्लो पटक पाँचजना पक्राउ परेसँगै हिरासतमा पुग्नेको संख्या १० पुगेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले खबरहबलाई बताएअनुसार अहिलेसम्म पक्राउ पर्नेमा होमप्रसाद पौडेल, टीकाराम विक, बुद्धिलाल तामाङ, युवराज क्यापछापी, सोमबहादुर गुरुङ, राजीव गुरुङ, युनिक श्रेष्ठ, अनुपम भण्डारी, सुमित तितुङ र दीपक मगर रहेका छन् ।

पछिल्लो पटक पक्राउ पर्नेमा गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ, युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ र रामेछापका १६ वर्षीय दीपक मगर छन्।

एकैसाथ ३६ जिल्लाका सीडीओ सरूवा : पर्सामा दाहाल, कैलालीमा रेग्मी

स्वास्थ्य मन्त्रालयले माग्यो रिक्त पदहरूको विवरण

थाई एशियाको भैरहवा-बैंकक उडान सुरु

पुल मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती

जङ्गली जनावरको आक्रमण बढेपछि स्थानीय आतङ्कित

कैलाली–कञ्चनपुरका तालतलैयामा पाहुना चराको चहलपहल

जापानद्वारा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा आपूर्ति पुर्‍याउन नयाँ कार्गो यान सफलतापूर्वक प्रक्षेपण

जापानको अन्तरिक्ष एजेन्सीले आइतबार आफ्नो सबैभन्दा शक्तिशाली फ्ल्यागशिप एच–३ रकेटको सफल प्रक्षेपण गरेको छ । यसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा आपूर्ति पुर्‍याउने पहिलो मिसनका लागि नवीनतम मानव रहित कार्गो अन्तरिक्ष यान एचटिभी–एक्स–१ बोकेको छ ।

जापान एरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) ले एचटिभी–एक्स–१ सफलतापूर्वक उडान भरेको पुष्टि गर्दै जापानको दक्षिणी क्षेत्रमा अवस्थित तानेगासिमा अन्तरिक्ष केन्द्रबाट गरिएको प्रक्षेपणको करिब १४ मिनेटपछि रकेट लक्षित कक्षामा प्रवेश गरेको जनाएको छ । यानलाई योजनाबद्ध रूपमा अलग गरी निर्धारित कक्षामा स्थिर राखिएको र यदि सबै कुरा योजना अनुसार भयो भने केही दिनभित्रै आइएसएसमा पुग्ने अपेक्षा गरिएको छ ।

ट्रम्पको उपस्थितिमा थाइल्यान्ड-कम्बोडिया युद्धविराम सम्झौतामा हस्ताक्षर

ट्रम्पद्वारा क्यानाडाली सामानमा १० प्रतिशत कर वृद्धि घोषणा

इयूले चिनियाँ दुर्लभ खनिजमाथिको निर्भरता अन्त्य गर्ने

विश्वकप क्रिकेट लिग–२ः नेपाल अमेरिकासँग पराजित

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा नेपाल अमेरिकासँग पराजित भएको छ ।

युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको हो ।

अमेरिकाले प्रस्तुत गरेको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १५६ रनमा समेटियो ।

नेपाललाई अमेरिकाले दियो २६३ रनको विशाल चुनौती

अफगानिस्तानसँग नेपाल पराजित

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ८ : ०४ बजे

सुरक्षा व्यवस्था बुझ्न मधेस जाँदैछन् गृहसहित ३ मन्त्री

काठमाडौँ– सोमबार नेपाल सरकारका तीनमन्त्री र एक सचिव मधेसको सुरक्षा

हायात होटल बन्द गर्ने निर्णयप्रति ट्रेड युनियन समन्वय केन्द्रको आपत्ति

काठमाडौं- काठमाडौंको होटल हायात रिजेन्सी अनिश्चितकालिन बन्द गर्ने निर्णयप्रति संयुक्त

एल क्लासिकोमा रियल म्याड्रिड विजयी, बार्सिलोना स्तब्ध

काठमाडौं – स्पेनको चर्चित फुटबल प्रतिस्पर्धा ‘एल क्लासिको’मा रियल म्याड्रिडले

हिमाली क्षेत्रको यात्रामा निस्कनुअघि मौसमबारे जानकारी लिन अनुरोध

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमाली तथा

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध बिहीबार सुनुवाइ

काठमाडौँ– विभिन्न देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा