साप्ताहिक ब्रिफिङ : आयो प्रधानमन्त्रीसहित १० मन्त्री सम्पत्ति विवरण, रविले पार्टी नछाड्दा रास्वपामा संकट, भीम रावल नेकपातिर र बिहारमा भाजपा नेतृत्वको एनडीएलाई प्रचण्ड बहुमत | Khabarhub Khabarhub

साप्ताहिक ब्रिफिङ : आयो प्रधानमन्त्रीसहित १० मन्त्री सम्पत्ति विवरण, रविले पार्टी नछाड्दा रास्वपामा संकट, भीम रावल नेकपातिर र बिहारमा भाजपा नेतृत्वको एनडीएलाई प्रचण्ड बहुमत


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 7 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, प्रवास क्षेत्रमा तरंग ल्याउने घटना भए ।

खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक सातामा मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ ।

प्रधानमन्त्रीसहित १० जना मन्त्रीले बुझाए सम्पत्ति विवरण

प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीले आआफ्नो सम्पत्ति विवरण बुझाएका छन् । प्रधामन्त्री तथा मन्त्रिरिषद् कार्यालयले यसबारे शुक्रबार जानकारी दिएको हो ।

प्रधानमन्त्री, परराष्ट्र, रक्षा, खानेपानी; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; वन तथा वातावरण; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कार्कीसहित अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ; भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सम्पत्ति विवरण बुझाएका छन् ।

अझै गति बढाएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

आयोगलाई प्रधानमन्त्रीले भनिन्- मतदाता नामावली दर्ताको म्याद थपौँ

गृहमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

स्वास्थ्य क्षेत्र सुधारका लागि मन्त्री गौतमको दुई महिने कार्ययोजना

आसन्न निर्वाचनमा बेलायतको आवश्यक साथ सहयोग रहने

राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

प्रधानमन्त्री कार्कीले भनिन्- राष्ट्रिय परिचय पत्रमार्फत अनलाइन मतदाता नामावलीमा नाम दर्ता गर्नुस्

मिथ्या सूचनाको नियमनका लागि गृहले थाल्यो संयुक्त छलफल 

बाबुराम र जनार्दनलाई साक्षी राखेर सुदन, सन्तोष र दुर्गाबीच ५ बुँदे सहमति

विवादित रविले पार्टी नेतृत्व नछाड्दा रास्वपामा गहिरिँदो संकट

शुक्रबार राष्टिय स्वतन्त्र पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष परियारले पार्टी छाडेका छन् । पार्टीका पूर्वप्रमुख सचेतकसेमत रहेका परियार वैचारिक नेताका रुपमा परिचित थिए ।

यसअघि असोज २९ गते रास्वपाकी अर्की नेतृ एवम् पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पनि पार्टी छाडेकी थिइन् । उनी पनि रास्वपामा वैचारिक एवम् सक्रिय भूमिका निर्वाह गर्नेमध्येकी नेतृको रूपमा स्थापित थिइन् । अध्ययनशील उनले संसद् र संसदीय समितिमा गर्ने तर्कहरूले नीतिगत तहमै अर्थ राख्थे ।

सोमबार पार्टी छाडेका सन्तोष परियारले पार्टीमा कसैप्रति लक्षित लाञ्छना लगाएनन् । उनले पार्टीमा वैकल्पिक राजनीति स्थापनाका लागि निरन्तर वैचारिक बहस गरे पनि त्यसलाई स्थापित गर्न नसकेको बताएका छन् ।

सन्तोष, दुर्गा र सुदनले बोलाए जेन-जीलाई, मिलेर अघि बढ्न प्रस्ताव

जनार्दननिकट नेताको दाबी : बाबुराम जोडिन्छन, रास्वपाबाट वाम विचार बोकेका नेताहरू आउँछन्

ओलीलाई पोखरेलको चुनौती : भदौ २३ पछि देशको परिस्थिति फेरियो, महाधिवेशनमा नयाँ बहस हुनुपर्छ

नेकपामा माधव सह-संयोजक हुँदा झलनाथ सदस्य मात्रै, यी हुन् आयोगमा पठाइएका १३८ जना केन्द्रीय सदस्य

पार्टी दर्ताबारे कुनै भ्रममा नपर्न संयोजक दाहालको आग्रह

विश्वप्रकाशको चेतावनी : जेन–जी आन्दोलनको सन्देश नबुझे कांग्रेस झन् असान्दर्भिक हुँदै जान्छ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेन–जी आन्दोलनले दिएको सन्देश बेवास्ता गर्ने हो भने कांग्रेस अझै जनताबाट टाढा पुग्ने चेतावनी दिएका छन्।

सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार लिखित भनाइ राख्दै उनले यस्तो बताएका हुन् । ‘जेन–जी आन्दोलन कुनै आकस्मिक घटना होइन, यो दशकौँदेखि बढ्दै आएको असन्तुष्टि र असमानताको परिणाम हो। यसको मर्म बुझ्न कांग्रेस असफल भयो भने हाम्रो अस्तित्व नै प्रश्नमा पर्छ’, उनले भनेका छन् ।

जेन-जी आन्दोलनले देशको पुरानो राजनीतिक ढाँचा र सोचप्रति गहिरो अविश्वास प्रकट गरेको बताए । उनले भने, ‘जनताले दलहरूलाई होइन, प्रवृत्तिलाई अस्वीकार गरेका हुन्। त्यसैले हामीले नयाँ सोच, नयाँ व्यवहार र नयाँ नेतृत्व संस्कारका साथ अघि बढ्नुपर्छ।’

शर्माले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको वर्तमान सरकारलाई संवैधानिक जिम्मेवारी पूरा गर्न कांग्रेसले सहयोग गर्नुपर्ने बताए।

उनले भने, ‘कार्की सरकार संक्रमणकालीन हो। यसले शान्ति, स्थिरता र निर्वाचन तयारीमा केन्द्रित हुनुपर्छ। कांग्रेसको भूमिका पनि त्यही दिशामा जिम्मेवार र रचनात्मक हुनुपर्छ।’

एकमहिनामा कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्नेक्रम सकियो, निर्णय भने आएन

पार्टीलाई जानकारी नै नदिई मन्त्री बनेकी राप्रपाकी सांसदलाई साधारण सदस्यबाट पनि हटाउन सिफारिस

मधेशमा सभामुख मण्डलविरुद्ध महाभियोग प्रस्ताव, प्रदेश सभा सचिवालयमै दुई पक्षबीच कुटाकुट

एमालेसँग मिलेपछि गगनले सभापति देउवालाई भनेका थिए : कांग्रेस तपाईंको प्राइभेट कम्पनी हो ?

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेसँग सत्ता सहकार्य गरेर पार्टीले गम्भीर गल्ती गरेको बताएका छन् ।

दुई सातादेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार आफ्ना भनाइ राख्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले आफू सुरूदेखि नै कांग्रेस-एमाले मिलेर सरकार बनाउन नहुने पक्षमा रहेको बताएका छन् ।

‘मैले त सुरूदेखि नै कांग्रेस र एमाले मिलेर सरकार बनाउनु हुँदैन भनेको थिएँ । तर मैले कांग्रेस(एमाले सत्ता सहकार्यमा गएको कुरा पत्रिकामा पढेर थाहा पाएँ ।’

उनले २०८१ असार १७ गते कांग्रेस र एमालेबीच सत्ता सहकार्यका लागि ७ बुँदे सहमति गरेको भोलिपल्ट सभापति शेरबहादुर देउवालाई बूढानीलकण्ठमा भेटेर प्रश्न गरेको बताए । बाहिर कार्यकर्ताले पार्टी पदाधिकारी बसेर निर्णय गरेको भनेर आफ्नो आलोचना भएको बताए ।

‘माओवादीसँग चुनावी गठबन्धन र एमालेसँग सत्ता सहकार्य गर्नु कांग्रेसको गल्ती थियो’

महामन्त्री गगनले भने : नियमित महाधिवेशनको च्याप्टर सकियो, मंसिर २७ गते विशेष महाधिवेशन गर्नैपर्छ

मधेशमा सभामुख मण्डलविरुद्ध महाभियोग प्रस्ताव, प्रदेश सभा सचिवालयमै दुई पक्षबीच कुटाकुट

भीम रावललाई नेकपामा फूलमाला र अंकमालले स्वागत

नेकपा एमालेबाट अलग भएर ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्दै आएका भीम रावल र नेपाल कम्युनिस्ट पार्टी श्रमजिवीका महासचिव प्रमोद नारायण यादव नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन् ।

काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित सभामा उनीहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको घोषणा भएको हो ।

रावलले आजै पेरिसडाँडामा सात बुँदे सहमति गरेका थिए । सहमति पत्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल र मातृभूमि जागरण अभियान नेपालका प्रस्तावक भीम रावलको हस्ताक्षर छ ।

हस्ताक्षर लगत्तै एकता घोषणा गरिएको हो । कार्यक्रममा संयोजक प्रचण्ड तथा नेता झलनाथ खनालले रावललाई माला लगाइदिएर अंकमाल गरी पार्टीमा स्वागत गरेका थिए।

प्रचण्डको जिकिर : ओलीले हावा कुरा गर्छन्, एमालेका सबै नेता यतै आउँछन्

भीम रावलले भने- आफ्नै नेतालाई निकाल्ने ओलीले घर फर्क भन्नु फटाहा कुरा

माधव नेपाल भन्छन्- हाम्रो एकता देखेर केपी ओलीले होस गुमाइसके

समृद्धिको अभिभारा नेपाली कम्युनिष्ट पार्टीले पूरा गर्नुपर्छ : भीम रावल

भीम रावलले भने : स्वेच्छाचारी केपी ओलीलाई साथ दिएर एमालेमा नबस्नुस्

तत्कालीन नेकपा विभाजनको घाउमा मलम लागे जस्तो भयो : भीम रावल

माधव नेपालको हात छाडेर १५ सय ४५ दिनपछि एमालेमै रामकुमारी

नेकपा एकीकृत समाजवादीकी स्थायी समिति सदस्य रामकुमारी झाँक्री चार वर्ष दुई महिना अर्थात् एक हजार पाँच सय ४५ दिनपछि केपी शर्मा ओलीसँगै गला मिलाउन आइपुगेकी छन् ।

ओलीविरुद्धकै दुई लाइन संघर्षका क्रममा २०७८ भदौमा त्यसबेलाका नेता माधवकुमार नेपालको हात समातेर निर्वाचनमा आयोगमा नेकपा एकीकृत समाजवादी दर्ता गराएकी उनी पछुतो मान्दै एमालेमा फर्किएकी हुन् ।

तत्कालीन नेकपामा देखिएको विवादका क्रममा मुखमा टेप बाँधेर ओलीविरुद्ध खनिएकी उनी आफैंले हात डोर्‍याएर लगेका नेता नेपालसँग मोहभंग भएपछि उनकै भाषामा पुरानै घरमा फिर्ता भएकी हुन् ।

‘महाधिवेशनमा छलफल हुँदैन, मैले भाषण गरेपछि सोझै नेतृत्व चयनतिर जान्छौँ’

ओलीको घोषणा : जेन-जी आन्दोलनले महाविपत्ति ल्यायो, टोल-टोलसम्म सुरक्षा दस्ता बनाउँछौँ

‘जेन-जीका नाममा भएको आन्दोलन तत्कालीन सरकार एमालेविरुद्धको षड्यन्त्र’

ओलीको दाबी : मंसिर २७ मा काठमाडौंबासीले नदेखेको र्‍याली र सभा हुनेछ

प्रचण्ड-माधव नेतृत्वको नेकपालाई केपी ओलीले दिए वृद्धाश्रमको संज्ञा

रामकुमारी भन्छिन् : जेन-जी आन्दोलनपछि एमाले नेताहरूले आँट गरे

किसान श्रेष्ठले भने- नेकपा एस सकियो, जीवनकै ठूलो भूल सच्याएर घर फर्कियौँ

रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेता कार्यकर्ता एमालेमा फर्किए (तस्बिरहरू)

राष्ट्रलाई संकटबाट मुक्त गर्न एमालेको भूमिका सशक्त : महासचिव पोखरेल

अन्तरिम सरकारलाई ओलीले दिए म्यादीको संज्ञा, चुनाव गराउनै नसक्ने जिकिर

यातायात व्यवस्था विभागको सर्भर शनिबार बिहानदेखि मात्रै चल्ने

यातायात व्यवस्था विभागको आंशिक सर्भर शनिबार बिहानबाट मात्रै पुनः सञ्चालनमा आउने भएको छ ।

विभागले अस्थायी रूपमा खडा गरेको सर्भरमा बिहीबार बेलुकाबाट प्राविधिक समस्याका कारण ठप्प रहेको थियो । सोहीकारण नयाँ तथा नवीकरणका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन दिने, तथा छपाइमा समेत प्रभाव परेको छ ।

सर्भर मर्मत सम्पन्न भइसके पनि प्राविधिक कारणले आज सुचारु गर्न नसकिएको विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाले बताएका छन् ।

परिवर्तनको आकांक्षा रूपान्तरण गर्न सक्ने गरी निर्वाचनमा जानुपर्छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

महाधिवेशनको सर्वसम्मत कार्यतालिका सार्वजनिक गर्न मुख्यमन्त्री बानियाँको माग

प्रदेश सरकारले वन कार्यविधि एक महिनाभित्र लागू गर्छ : मुख्यमन्त्री शाह

माओवादी नेता आङ्बोको गाडीको ठक्करबाट एकजनाको मृत्यु

स्काउटको जग्गामा जेन-जी स्मृति पोखरी निर्माणको माग

हामी नेपालका संयोजक सुदन गुरुङले नेपाल स्काउटको लैनचौरस्थित जग्गामा जेन-जी स्मृति पोखरी निर्माण गर्न माग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जेन-जी आन्दोलनलाई सार्थक बनाउन उक्त स्थानमा जेन(जी स्मृति पोखरी निर्माण गर्न माग गरेका हुन् ।

आज स्काउटको जग्गामा निर्मित संरचना काठमाडौं महानगरले भत्काएको छ । पूर्वमन्त्री दीपक खड्काको कम्पनी खड्काल्याण्ड डेभलपमेन्ट प्रा।लि।ले स्काउटसँग जग्गा भाडामा लिई नियमित रूपमा भाडा नतिरी भोगचलन गरेको पाइएको छ । जग्गा खाली गराउन बारम्बार ताकेता गरिएको र ७ दिने म्याद समेत सूचना मार्फत दिइएकोमा अटेर गरेपछि आज महानगरले सो संरचना भत्काएको हो ।

उक्त जग्गामा अनधिकृत रुपमा निर्माण गरिएका पार्टी प्यालेस, रेष्टुरेन्टलगायत संरचनाको नक्शा पास नरहेको समेत पाइएको छ ।

स्काउटको जग्गामा बनाएको दीपक खड्काको संरचनामा काठमाडौं महानगरको डोजर (तस्बिरसहित)

गृहमन्त्री अर्याल एमाले जस्तो देखिँदै छन् : सुदन गुरुङ

किन निर्वाचन आयोगमा पुगे सुदन गुरुङ ?

नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा महानगरको डोजर (तस्बिरहरू)

बिहारमा भाजपा नेतृत्वको एनडीएलाई प्रचण्ड बहुमत, नराम्रोसँग बढारियो महागठबन्धन

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले बिहार राज्यको महत्त्वपूर्ण चुनावमा प्रचण्ड बहुमत ल्याएको छ।

यो चुनावलाई प्रधानमन्त्री मोदीको लोकप्रियता तथा देशका गरिब तर राजनीतिक रूपमा अत्यन्त प्रभावशाली राज्यहरूमध्ये एकमा उनको गठबन्धनको प्रभावको सूचकका रूपमा हेरिएको थियो । त्यहीअनुसार एनडीएले २०३ सीटमा बाजी मारेको छ। जबकि बहुमतका लागि १२२ सिट भए पुग्छ ।

बिहार विधानसभा चुनावमा इतिहासकै उच्च मतदान भएको थियो । बिहार विधानसभामा कुल २४३ सिट छन् । सरकार गठनका लागि कुनै पनि दल वा गठबन्धनसँग कम्तीमा ११२ सिट चाहिन्थ्यो । बिहारको चुनावमा भाजपा ९३ सिटसहित ठूलो दल बनेको छ । त्यसपछि नीतिशकुमार नेतृत्वको जनता दल युनाइटेडले ८३ सिट जितेको छ ।

‘रुसी आक्रमणमा चार जनाको मृत्यु, शहरका विभिन्न भागमा भवन र संरचना नष्ट

अफगानिस्तानमा बम विस्फोट, तीन बालबालिकाको मृत्यु

चीनको औद्योगिक उत्पादन अक्टोबरमा ४.९ प्रतिशतले वृद्धि

बिहार विधान सभा चुनाव : एनडीएको सुनामीमा डुब्नेतर्फ आरजेडीको लालटिन

पूर्वप्रधानमन्त्री हसिनाविरुद्धको मुद्दाको फैसला नोभेम्बर १७ मा हुने
बङ्गलादेशका न्यायाधीशहरूले फरार पूर्वप्रधानमन्त्री शेख हसिनामाथि दायर मानवता विरुद्धको अपराधसम्बन्धी मुद्दाको बहुप्रतिक्षित फैसला आगामी नोभेम्बर १७ मा सुनाउने भएका छन् ।

मुख्य अभियोजक ताजुल इस्लामले बिहीबार पत्रकारहरूलाई जानकारी गराउँदै अदालतले उक्त मितिमा अन्तिम निर्णय सुनाउने तयारी गरेको बताए।

७८ वर्षीया शेख हसिनामाथि विद्यार्थी नेतृत्वको आन्दोलनलाई दबाउने क्रममा घातक दमन गर्ने आदेश दिएको आरोप लागेको छद। उनले भारतमा रहेर अदालतको उपस्थितिका लागि गरिएको आदेशको पालना गर्न अस्वीकार गरेका छन् ।

जापानमा भालु विरुद्ध हतियार प्रयोग गर्न प्रहरीलाई अनुमति

जी–७ द्वारा युक्रेनलाई तत्काल युद्धविराम गर्न आह्वान, सुडानमा बढ्दो संकटको चेतावनी

गाजामा संयुक्त राष्ट्रसङ्घको प्रस्तावबारे अमेरिका ‘आशावादी’ : रुबियो

अमेरिकी करको प्रभाव घटाउन भारतद्वारा ५ अर्ब डलरको निर्यात प्रवर्द्धन योजना घोषणा

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ७ : ४४ बजे

प्रधानमन्त्रीले भनिन्ः राज्यले भावना नबुझिदिँदा जेनजीमा बेचैनाी बढ्यो

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक

साढे दुई लाखभन्दा बढीले नयाँ मतदाता थपिए

काठमाडौं – हालसम्म दुई लाख ५७ हजार ५०५ नयाँ मतदाताले

जनार्दन पक्षको ‘प्रगतिशील नागरिक पार्टी’ दर्ताका लागि आयोगमा निवेदन

काठमाडौं – तत्कालीन नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माको संरक्षणमा

धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ

जनकपुरधाम – धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको