आजका समाचार : चार वर्षपछि राप्रपा र राप्रपा नेपाल मिल्दै, ६ राजनीतिक दल खारेज, लेखकलाई बयान दिन सुझाव र युक्रेनमा विद्युत् संरचना क्षतिग्रस्त « Khabarhub

आजका समाचार : चार वर्षपछि राप्रपा र राप्रपा नेपाल मिल्दै, ६ राजनीतिक दल खारेज, लेखकलाई बयान दिन सुझाव र युक्रेनमा विद्युत् संरचना क्षतिग्रस्त


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

 निर्धक्क भएर चुनावमा सहभागी हुन राजनीतिक दललाई सरकारको आग्रह

सरकारले चुनावको वातावरण बनाउन गम्भीर भएकाले निर्धक्क भएर सहभागी हुन राजनीतिक दललाई आग्रह गरेको छ । 

सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले बुधबार जनमत पार्टीसँग छलफल गर्दै तोकिएको समयमा नै निर्वाचन सम्पन्न गर्नेगरी वातावरण बनाउन सरकार गम्भीर भएकाले निर्धक्क भएर सहभागी हुन आग्रह गरेको हो ।

छलफलका क्रममा जनमतका नेताहरूले आफूहरू निर्वाचनमा जान तयार भएको र सुरक्षा लगायतका तयारी प्रभावकारी ढंगले गर्न सुझाव दिएका थिए ।

मन्त्री घिसिङले भने- सय दिनमा १ सय १ काम सम्पन्न गरियो

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै मन्त्रालय

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृत नियुक्त

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

प्रधानमन्त्री कार्कीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट

बयान दिन रमेश लेखकलाई कांग्रेस नेताहरूको सुझाव

 नेपाली कांग्रेसका नेताहरूले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयान दिन सुझाव दिएका छन्। आज बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा प्रवक्ता रामशरण महतले नेता लेखकले बयान दिनु उपयुक्त हुने बताएका हुन्। 

जेन-जी आन्दोलन जाँचबुझ आयोगले उनलाई बयानका लागि बोलाउने निर्णय गरेपछि नेताहरूले यस्तो सुझाव दिएका हुन् ।

महतले बैठकमा लेखकले बयान दिने नै बेस हुने बताएका छन्। बैठकको निरन्तरता स्वरूप बिहीबार दिउँसो १ बजे पुनः बैठक बस्ने निर्णय पनि भएको महतले जानकारी दिए।  

कांग्रेस कार्यसम्पादन समिति बैठक, महाधिवेशन सर्न सक्ने (तस्बिरहरू)

संसद् फर्काउन कांग्रेसले दिएको रिटमाथि सकियो सुनुवाइ, आदेशको प्रतिक्षा

पुर्णबहादुर नाममात्रैको कार्यवाहक, पार्टी सञ्चालन देउवा निवासबाटै हुन्छ : गगन थापा

कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्न राष्ट्रिय अभियान सुरु 

मिल्दै राप्रपा र राप्रपा नेपाल, फुटेको चार वर्षपछि एकता गर्ने लिङ्देन-थापा सहमति

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच पार्टी एकताका लागि सहमति भएको छ ।

बुधबार दुवै पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र कमल थापाबीच भएको छलफलपछि एकता गर्ने सहमति भएको हो ।

एकतामा जाने निर्णय भएको राप्रपा नेपालका अध्यक्ष थापाले जानकारी दिएका हुन् । पार्टीको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि पूर्वाध्यक्ष थापाले ०७८ माघ २५ गते राप्रपाबाट अलग भएको घोषणा गरेका थिए ।

नेपाली कम्युनिष्ट पार्टी ताजा जनादेश लिन तयार छ : नेता रावल

जेन-जी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

प्रतिनिधि सभा निर्वाचनका लागि ६ वटा क्षेत्रबाट ज्ञानेन्द्र शाही सिफारिस

भरतमोहन पुत्रीको चुनावी बाचा : युवालाई मनपरेको काम, गोजीमा दाम, गाउँ-ठाउँमा नाम

प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टीद्वारा काठमाडौंबाट उम्मेदवार सिफारिस

रास्वपाको कार्यालयमा पुग्यो उच्चस्तरीय राजनीतिक वार्ता टोली

प्रधानमन्त्रीविरुद्ध आमरण अनशनमा निकोलस भुसाल

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै डा. निकोलस भुसालले माइतीघरमा आमरण अनसन सुरु गरेका छन् ।

उनले पुस ८ गते राती १० बजेदेखि अनसन सुरु गरेका हुन् ।

ठमेलको क्यासिनो भारतीय गिरोहको अपराध अखडा : चुम्बकीय तास र विशेष लेन्सको सहयोगमा गर्थे ठगी

बिरामीलाई महँगा अस्पताल लैजाने एम्बुलेन्स चालकलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी 

आत्मनिर्भर बनाउन सीप सिकाउँदै रामपुर

देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध

निर्वाचन लोकतन्त्रको असल अभ्यास हो : गृहमन्त्री अर्याल

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले अमेरिकाको नेतृत्वमा तयार गरिएको नयाँ २० बुँदे योजना सार्वजनिक गर्दै रुसी आक्रमण अन्त्य गर्न र दीर्घकालीन शान्ति स्थापना गर्ने प्रयास अघि बढाइएको जानकारी दिएका छन् ।

उनले बताएअनुसार यो योजना किएभ र वाशिङ्टनबीच सहमति भइसकेको र मस्कोमा प्रतिक्रिया पाउन पठाइएको छ ।

योजनामा युक्रेनको सार्वभौमिकता पुनः पुष्टि गरिने, युक्रेन–रूसबीच पूर्ण गैर–आक्रमण सम्झौता हुने, युक्रेनलाई सुरक्षा प्रत्याभूति दिइने, युक्रेनी सेनाको क्षमता कायम रहने र नाटो, अमेरिका तथा युरोपेली साझेदारहरूले आवश्यक सुरक्षा समर्थन प्रदान गर्ने प्रावधानहरू समावेश छन् ।

साथै, युक्रेनले युरोपेली सङ्घमा सदस्यता हासिल गर्ने, अर्थव्यवस्था र पूर्वाधारको पुनर्निर्माणका लागि विकास प्याकेज लागू गर्ने, डनिप्रो नदी र कालो सागरमा व्यापारको पहुँच सुनिश्चित गर्ने र जापोरिज्जिया परमाणु ऊर्जा स्टेशन युक्रेन, अमेरिका र रूसको संयुक्त व्यवस्थापनमा सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

युक्रेनमा विद्युत् संरचना क्षतिग्रस्त, आणविक केन्द्रहरू प्रभावित

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

तारिक रहमान स्वदेश फिर्तीको तयारीमा

क्यालिफोर्नियामा आँधी : भारी वर्षा र हिमपातले सयाैँ विस्थापित

टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु

क्यानाडामा उत्पादन र सेवा क्षेत्रमा गिरावट





















प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ७ : ५२ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना