आजका समाचार : उम्मेदवारलाई आयोगको ६४ बुँदे निर्देशन, कांग्रेसको घोषणा पत्र लम्बियो, देशभर महाशिवरात्रिको उत्सव, चीन–जर्मनी सम्बन्ध ‘नयाँ उचाइ’तर्फ र तेस्रो हारसँगै विश्वकपबाट घरतिर नेपाल « Khabarhub

आजका समाचार : उम्मेदवारलाई आयोगको ६४ बुँदे निर्देशन, कांग्रेसको घोषणा पत्र लम्बियो, देशभर महाशिवरात्रिको उत्सव, चीन–जर्मनी सम्बन्ध ‘नयाँ उचाइ’तर्फ र तेस्रो हारसँगै विश्वकपबाट घरतिर नेपाल


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

विश्वप्रकाशको दाबी : कांग्रेसप्रतिको लहर बढ्दो छ, एक हप्ताभित्र बहुमत ल्याउने तहमा पुग्छ

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नागरिकले चाहेजस्तो बदलिएको कांग्रेसप्रति जनविश्वास बढ्दै गएको बताएका छन् ।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवारहरूलाई स्वागत गर्दै उपसभापति शर्माले देशभरको माहोल कांग्रेसको पक्षमा बढ्दै गएको बताए ।

उनले आगामी प्रतिनिधि सभाको निर्वाचन नजिकिदै जाँदा कांग्रेसप्रतिको लहर उत्साहपूर्ण रहेको दाबी गरे । अहिलेकै अवस्थामा कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने शर्माले दाबी गरे ।

कांग्रेसले पार्टीको चुनावी प्रतिज्ञापत्र आज आयोगमा बुझाउने, बुधबार जनकपुरमा सार्वजनिक गर्ने

जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य हो : सभापति थापा

जसपाका केन्द्रीय सदस्यसहित समानुपातिक उम्मेदवार नै कांग्रेसमा

उज्यालो नेपालको योजना : संघीय सांसद २०१ मा झार्ने, सातै प्रदेशसभा सदस्य ३३० मा सीमित गर्ने

राष्ट्रिय सभामा पुगेपछि रामकुमारी एमालेको भोट घटाउन लागेकी हुन् ?

कुलमानको चुनावी घोषणा पत्र : यस्ता छन् उज्यालो नेपालमा सात मुख्य योजना

कुलमानको घोषणापत्रमा स्वास्थ्य : मनोसामाजिक परामर्शदेखि हाडजोर्नी सेवा बिस्तारसम्म 

नेमकिपाको घोषणा पत्र : ठूला भ्रष्टाचारीलाई ज्यान सजायको कानुनी व्यवस्थाका लागि संघर्ष गर्ने

झापा पुगेका ओलीको टिप्पणी : अझै पनि निर्वाचनलाई ढुक्कको वातावरण बनेको छैन

दल वा निर्वाचन प्रतिनिधिले गाडी प्रयोग गर्न अनुमति लिनुपर्ने

निर्वाचन आयोगले राजनीतिक दल वा दलको निर्वाचन प्रतिनिधिले सवारीसाधन प्रयोग गर्न सम्बन्धित निर्वाचन अधिकृतबाट अनिवार्य अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको छ ।

आयोगद्वारा आज जारी गरेको ६४ बुँदे निर्देशनमा एक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारीसाधन अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन वा अन्य उम्मेदवारले प्रयोग गर्न वा गराउन नहुने उल्लेख गरिएको छ । निर्वाचन अधिकृतले अनुमति दिएको सवारीसाधनबाहेक अन्य कुनै किसिमको साधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई लैजाने वा ल्याउने गर्न नहुने पनि आयोगको निर्देशन छ ।

एक करोड ९१ लाख मतपत्र छपाइ सकियो, अब करिब १२ लाख बाँकी

उम्मेदवारहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन

रविको ‘नागरिक करार’ : ‘गफ होइन काम, भाषण होइन परिणाम’

प्रलोपाको चुनावी प्रतिबद्धतापत्र : यस्ता छन् मुख्य नारा र एजेन्डा

नेकपाले आयोगमा बुझायो घोषणापत्र

पशुपतिनाथमा भक्तजनको भीड, यस्तो देखियो ड्रोन भ्यु (तस्बिरहरू)

आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व महाशिवरात्रि देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई भगवान् भगवान् शिवको अत्यन्त प्रिय दिनका रूपमा लिने गरिन्छ ।

पुराण अनुसार शिवजी प्रकट भएको रातको स्मरणमा मनाइने यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिमध्ये एक पवित्र रात्रिका रूपमा वर्णन गरिएको छ ।

पशुपतिनाथको दर्शनमा पुगे राष्ट्रपति, प्रधानमन्त्रीसँगै अन्य मन्त्री

राष्ट्रपतिद्वारा टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो

किरात धर्मावलम्बीहरूको ‘भोट बैंक’ माङ्सेबुङमा बालेन पत्नी सबिना

चीन–जर्मनी सम्बन्ध ‘नयाँ उचाइ’ तर्फ

युरोपेली सङ्घ (इयु) ले चीन र संयुक्त राज्य अमेरिका दुवैप्रति आफ्नो निर्भरता पुनःमूल्याङ्कन गरिरहेका बेला बेइजिङले जर्मनीसँगको सम्बन्धलाई ‘नयाँ स्तरमा’ पुर्‍याउने स्पष्ट सङ्केत दिएको छ ।

चीनका विदेशमन्त्री वाङ यीले जर्मन चान्सलर फ्रेडरिक मेर्जसँग भेटवार्ता गर्दै द्विपक्षीय रणनीतिक साझेदारीलाई थप सुदृढ बनाउन चीन इच्छुक रहेको बताएका छन् । बेइजिङको विदेश मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार वाङले ‘सर्वाङ्गीण रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन’ जर्मनीसँग मिलेर काम गर्ने अपेक्षा व्यक्त गरे ।

उनले बर्लिनको सहयोगमा उच्चस्तरीय आदान–प्रदानको अर्को चरणको तयारी गर्न चाहेको पनि स्पष्ट गरे । चीनले आफूलाई इयुका लागि स्थिर र भरपर्दो साझेदारका रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको सन्दर्भमा यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

नाइजेरियामा बस-ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ७ जना घाइते

आणविक पूर्वाधारमा अस्ट्रेलियाको २.८ अर्ब डलर प्रतिबद्धता

यूक्रेन–रुस वार्ता : दीर्घकालीन शान्तिका लागि अवसर

ओबामाद्वारा ट्रम्पको क्लिपको आलोचना

सुडानको डारफरमा मानवअधिकारको गम्भीर उल्लङ्घन

अफगानिस्तानमा दुई सडक दुर्घटना : ६ जनाको मृत्यु, १४ घाइते

टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो

आइसिसी टी–२० विश्वकपअन्तर्गत आज भएको तेस्रो खेलमा वेस्ट इन्डिजसँग नौ रनले पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिएको छ ।

लगातार तीन पटक पराजित नेपाल समूह चरणबाट बाहिरिएको हो । यसअघि इटाली र इङल्यान्डसँग भएका खेलमा नेपाल पराजित भएको थियो ।

वेस्ट इन्डिजसँग नेपालको फराकिलो हार

विश्वकपमा दक्षिण अफ्रिकाको लगातार तेस्रो जित : न्युजिल्यान्ड सात विकेटले पराजित

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ८ : ०१ बजे

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको