Khabarhub

ओलीको कदम नसच्चिए देश ‘राजनीतिक संकटमा फस्ने’ नेकपा दाहाल-नेपाल समूहको चेतावनी 

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका दुवै अध्यक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको 'असंवैधानिक कदम' नसच्चिए मुलुक गम्भीर राजनीतिक संकटमा फस्ने चेतावनी दिएका छन्। मंगलबार विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग कुरा गर्दै अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालले यस्तो दिएका हुन । उनीहरुले अहिलेको आन्दोलनका बारेमा चर्चा गर्दै यो लडाइँ व्यक्तिगत नभई संविधान र लोकतन्त्रको रक्षाका…