Khabarhub

प्रचण्डलाई रघुजीले भने- प्रधानमन्त्री गुमेपछि यति औ‍डाहा र छटपटी किन ?

काठमाडौं- नेकपा एमालेका सांसद रघुजी पन्तले अचानक प्रधानमन्त्री पद गुमाउँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा छटपटी देखिएको बताएका छन् । मंगलबार प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा बोल्दै प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेमाथि आक्रमण गरेपछि जवाफमा पन्तले यस्तो बताएका हुन् । ‘प्रधानमन्त्री पद गएपछि यति औडाहा र छटपटी किन देखाएको ? हिजो तीनचोटी…