Khabarhub

विप्लवलाई मूलधारमा ल्याउनुपर्छ : देउवा

कञ्चनपुर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेत्रविक्रम चन्द (विप्लव) समूहलाई सरकारले वार्ताका माध्यमबाट राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनुपर्ने बताए । 'विप्लव समूहलाई वार्ताद्वारा सहमतिमा ल्याएर मुलुकमा शान्ति सुरक्षा कायम गर्नुपर्छ', आज (मंगलबार)आयोजित पत्रकार सम्मेलनमा देउवाले भने, 'दुई तिहाइको बलमा जे पनि गर्न पाइँदैन, तत्काल वार्ता गरेर सरकार अगाडि बढ्नुपर्दछ ।' पूर्वप्रधानमन्त्री देउवाले दुई तिहाइको बलमा सरकार…