Live on
Your Voice, Your Power
काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले संघर्षपूर्ण जित निकालेको छ। शनिबार राति भएको खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई १-० गोलले हराएको हो गरेको हो । चेल्सीको जितमा बेन चिलवेलले निर्णायक गोल गरे । जितसँगै चेल्सी १९ अंकसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ । पराजित ब्रेन्टफोर्ड १२ अंकसहित सातौं स्थानमा छ ।