Live on
Your Voice, Your Power
काठमाडौं - स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले शानदार जीत हात पारेको छ । शुक्रबार रातिको खेलमा घरेलु टोली एट्लेटिकोले मालोर्कालाई ३-० गोल अन्तरले हराएको छ । एट्लेटिकोको जीतमा अल्भरो मोराटाले २ तथा कोकेले एक गोल गरे । जीतसँगै ३४ खेलबाट ६२ अंक जोड्दै एट्लेटिकोले लिगको तेस्रो स्थानमा कायमै रहेको छ ।