Khabarhub

कांग्रेस बिपीका लक्ष्मीकान्त पौडेलद्वारा उम्मेदवारी फिर्ता

लमजुङ - नेपाली कांग्रेस (बीपी)बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. लक्ष्मीकान्त पौडेलले लोकतान्त्रिक बाम गठबन्धनलाई समर्थन गरेको घोषणा गरेका छन्। पौडेलले आइतबार बेंसीशहरमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै गठबन्धनका उम्मेदवार देवप्रसाद गुरुङलाई समर्थन गरेको जानकारी गराए। गठबन्धनका शिर्ष नेताहरुसँग छलफल गरी प्रतिगमनकारी शक्तिलाई परास्त गरी लोकतान्त्रिक मूल्य र मान्यताको माध्यमबाट संविधानको रक्षा गरी अगाडि बढ्ने…