Khabarhub

मातृभाषा हराएकामा देउवाको चिन्ता – सब नेपाली बोल्छन्, हुँदाहुँदा छोरासँग अंग्रेजी बोल्छन्

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमेलीले मातृभाषा बोल्न छाडेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नयाँ वर्षको अवसरमा सुदूरपश्चिममा मनाइने ‘बिसु पर्व’ को शुभकामना आदानप्रदानका लागि सोमबार देउडा समाजले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा उनले सुदूरपश्चिमेलीले आफ्नो भाषा बोल्न छाडेको भन्दै चिन्ता व्यक्त गरेका हुन् । ‘सुदूरपश्चिमको भाषा करिब–करिब हराउँदैछ, के गर्नुहुन्छ ।…