Khabarhub

‘विप्लव’ नेकपा सम्बद्ध शिक्षक संगठनका नेता भुसाल पक्राउ

काठमाडौँ– नेत्रविक्रम चन्द 'विप्लव' नेकपा सम्बद्ध शिक्षक संगठनका नेता भेषराज भुसाललाई प्रहरीले आज बुटवलबाट पक्राउ गरेको छ । विप्लव नेकपासहित चार पार्टी सम्मिलित रणनीतिक संयुक्त मोर्चाको बुटवलमा आयोजित जनसभामा सम्बोधन गरी फर्किदै गर्दा भुसाललाई प्रहरीले बुटवलको मिलनचोकबाट पक्राउ गरेको हो । माघ २९ गते काठमाडौंमा मोर्चा घोषणा गरिएपछि आज पहिलो पटक बुटवलमा संयुक्त सभा भएको…