Khabarhub

आयातबाट फर्निचर उपभोग गर्नु दुर्भाग्य : अर्थमन्त्री महत

काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले फर्निचर व्यवसाय आर्थिक क्रियाकलापको महत्वपूर्ण क्षेत्र भएको बताएका छन । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको नवौँ वार्षिक साधारण सभा तथा पाँचौ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै मन्त्री महतले यस्तो बताएका हुन् ।  उनले भने, - ‘नेपालमा ४५ प्रतिशत जमिनमा वनजंगल भएर पनि हामीले विदेशबाट फर्निचर आयात गर्नुपर्ने अवस्था होइन…