Khabarhub

संसद विघटनविरुद्ध दायर रिटमाथि सरकारका तर्फबाट बहस आजदेखि

काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सरकारका तर्फबाट आज (सोमबार)देखि बहस हुने भएको छ। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ सुरू भएको १३ औँ दिन हिजो(आइतबार) रिट निवेदकका तर्फबाट बहस सकिएको पछि आजदेखि सरकारका तर्फबाट बहस हुनेछ। १३ जना रिट निवेदकका तर्फबाट आजसम्म रिट निवेदक र कानुन व्यवसायी गरी ६८ जनाले बहस गरेका छन्। हिजोको बहसमा वरिष्ठ अधिवक्ता…