समाचार Archives | Page 7297 of 8003 | Khabarhub Khabarhub

उपराष्ट्रपति पुनको कोरोना परीक्षण नतिजा नेगेटिभ

काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुनको कोरोना परीक्षण नतिजा नेगेटिभ आएको छ । उपराष्ट्रपति कार्यालयमा उपराष्ट्रपति पुनसहित ६४ जनाको पीसीआर टेष्ट गरिएकोमा सबै नतिजा नेगेटिभ आएको हो । सरकारको नीति तथा कार्यक्रममा सहभागी हुँदा पीसीआर परीक्षण रिपोर्ट देखाउनुपर्ने अनिवार्य गरिएकाले उपराष्ट्रपति कार्यालयमा रहेकाहरुको कोरोना परीक्षण गरिएको थियो ।