Khabarhub

इरानी वैज्ञानिकको हत्यामा ‘आर्टिफिसयल इन्टेलिजेन्स’सहितको मेसिन गन प्रयोग

एजेन्सी- इरानका वरिष्ठ आणविक वैज्ञानिकको हत्यामा 'आर्टिफिसियल इन्टेलिजेन्स'सहितको स्याटलाइट नियन्त्रित मेसिनगन प्रयोग भएको दाबी गरिएको छ । नोभेम्बर २७ मा तेहरान शहरभन्दा बाहिर मोहसेन फक्रिजादे सवार गाडीमा गोली प्रहार गरेर उनलाई मारिएको थियो। 'आर्टिफिसियल इन्टेलिजेन्स'सहितको स्याटलाइट नियन्त्रित मेसिनगन एउटा पीकअप गाडीमा राखेर फक्रिजादेको हत्या गरिएको इरानको रेभुलस्नरी गार्ड्सका सहायक रथी अलि फदवीले दाबी गरेका छन्…