Khabarhub

कर्तव्य ज्यान मुद्दाका फरार ठकुरी ३० वर्षपछि पक्राउ

तनहुँ– जिल्ला प्रहरी कार्यालय तनहुँले कर्तव्य ज्यान मुद्दाका फरार एक व्यक्तिलाई ३० वर्षपछि पक्राउ गरेको छ । विसं २०४७ असोज ६ गते सोही वडा निवासी भीमबहादुर परियारलाई दाउराको चिर्पटले टाउकामा प्रहार गरी हत्यापश्चात फरार रहेका शुक्लागण्डकी नगरपालिका–११ बस्ने ४९ वर्षीय टोपबहादुर चन्द ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो । तनहुँ जिल्ला अदालतले ठकुरीलाई २०७२ साउन २८…