Live on
Your Voice, Your Power
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक जना भारतीय नागरिक सुनसहित पक्राउ परेका छन् । मलद्वारमा लुकाएर ल्याएको अवस्थामा करिब आधा किलो सुनसहित भारतीय नागरिक सुनिल हरिराम पक्राउ परेका हुन् । प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार भारतीय नागरिक हरिराम फ्लाई दुबईको उडानमार्फत काठमाडौं आइपुगेका थिए ।