Khabarhub

पाटन अस्पतालमा  उपचाररत कोरोना संक्रमित युवकको मृत्यु

काठमाडौँ - ललितपुरको पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमित युवकको मृत्यु भएको छ । ललितपुरका २९ वर्षीय युवकको उपचारका क्रममा शनिबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ । उनी साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचारारत थिए ।