Live on
Your Voice, Your Power
काठमाडौँ– पाकिस्तानमा भएको आत्मघाती बम आक्रमणमा परी चार सैनिकको ज्यान गएको छ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित उत्तरी वजिरिस्तानको मिर अली क्षेत्रमा सैनिक लस्करलाई लक्षित गरी आक्रमण भएको हो । भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार आक्रमणमा अरु केही सैनिक घाइते भएका छन् । मारिने सैनिकहरु २२ देखि ३० वर्ष उमेर समूहको रहेको जनाइएको छ ।…