भारत / चीन / सार्क Archives | Page 175 of 344 | Khabarhub Khabarhub

पाकिस्तानमा भूकम्प, कम्तीमा १८ जनाको मृत्यु

काठमाडौँ- पाकिस्तानको बलोचिस्तान प्रान्तमा भूकम्प जाँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । ५.७ म्याग्निच्युडको भूकम्पपछि क्वेटा शहरका मानिसहरूमा भागाभाग मच्चिएको थियो । कयौँ मानिसहरु भत्किएका भवनहरुमा फसेकाले मृतक संख्या बढ्न सक्ने विपद्‌ व्यवस्थापनसम्बन्धी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । स्थानीय जीओ टेलिभिजनकाअनुसार करिब ५० जना घाइते भएका छन् ।