Live on
Your Voice, Your Power
काठमाडौँ - सहिद स्मारक 'ए डिभिजन लिग'मा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो १ बजे सातदोबाटो यूथ क्लब र न्यु रोड टिम प्रतिस्पर्धा गर्दैछन् । दुई टोलीबिचको खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । अर्को खेलमा हिमालयन शेर्पा क्लब र मच्छिन्द्र क्लब बेलुकी पौने ५ बजे आमने सामने हुनेछन् ।