देश/प्रदेश « Khabarhub

भारतमा आगलागी हुँदा एक नेपाली बालकको मृत्यु, पाँच घाइते

अर्घाखाँची - भारतको हरियाणा हिसारमा भएको आगलागीमा परी अर्घाखाँचीका एक १४ वर्षीय बालकको ज्यान गएको छ । हरियाणामा रहेको राम चाट भण्डारमा काम गर्ने अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं. ३ साजवोट निवासी १४ वर्षीय भीमबहादुर मुखियाको ज्यान गएको हो । मुखियासहित १० जना नेपाली मजदुरहरूले काम गर्दै आएको चाट भण्डारमा मंगलबार बिहान करिब ५…