देश/प्रदेश « Khabarhub

‘मुख्यमन्त्रीज्यू ! राहत होइन, हामीलाई घरबासको व्यवस्था गरिदिनु’

मुगु– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीलाई आगलागी पीडितले तत्कालका लागि राहतसँगै पहिलो प्राथमिकता घरबासको व्यवस्था मिलाई दिन आग्रह गरेका छन् । बुधबार बिहान हेलिकप्टरमार्फत राहत ल्याएर सदरमुकाम गमगढी बजार आएका मुख्यमन्त्री शाहीलाई यहाँका पीडितले घरबासको व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् । कात्तिक २९ गते गमगढी बजारमा भीषण आगलागी भएसँगै पीडितहरू निकै चिन्तामा छन् ।…