देश/प्रदेश « Khabarhub

चुम उपत्यकालाई अहिंसा क्षेत्र कायम राख्न माग

गोरखा – उत्तरी गोरखाको चुम उपत्यकाका स्थानीयवासीले छेकम्पार र सामागाउँमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गर्दा अहिंसा क्षेत्र कायम राख्ने प्रतिबद्धता गर्न माग गरेका छन् । चुम श्याग्गा संरक्षण समिति छेकम्पारले जिल्ला प्रशासन कार्यालयमा आज ज्ञापनपत्र बुझाउँदै त्यहाँका बासिन्दाले बिओपी स्थापना गर्दा चुम उपत्यकाको अहिंसा क्षेत्रलाई चिरकाल कायम राख्न माग गरेका छन् ।…