Live on
Your Voice, Your Power
काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष सतर्कता अभियान थालेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका मुख्यमुख्य बसपार्क एवं भीडभाड हुने स्थानमा नागरिकलाई सचेतना जगाउन र भीडभाड कम गराउन प्लेकार्डसहित आजबाट ट्राफिक प्रहरी खटाइएको जानकारी दिए । सिट क्षमताअनुसार मात्र यात्रु राख्न, यात्रुलाई…