देश/प्रदेश « Khabarhub

तीन किलो कोकिनसहित बोलिभियाकी महिला विमानस्थलमा पक्राउ

काठमाडौं- अवैध लागुऔषध कोकिनसहित एक बोलिभियाकी महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । राहदानी नम्बर सीइ २८०७२ वाहक ४१ वर्षीया हेरेरा अर्टेगा ओल्गालाई तीन किलो कोकिनसहित प्रहरीले पक्राउ गरेको हो । उनी फ्लाई दुबईको उडानद्वारा काठमाडौं आएकी थिइन् । विमानस्थलको आगमन कक्षमा जाँच गर्नेक्रममा उनको सुटकेसभित्र कोकिन फेलापरेको प्रहरीले जनाएको छ ।