देश/प्रदेश « Khabarhub

अख्तियारको हिरासतबाट छुटेका मालपोत कर्मचारी रामहरिले ज्यान गुमाए

काठमाडौं–घूस लिएको आरोपमा अख्तियारले पक्राउ गरेका मालपोत कार्यालय कलंकीका खरिदार रामहरि सुवेदीले आत्महत्या गरेका छन् । उनले सेवाग्राहीबाट एक हजार घुस लिएको आरोपसहित अख्तियारले उनलाई पक्राउ गरेको थियो । अख्तियारको हिसारतमा २२ दिन बसेका उनी १० दिन अघि मात्र हिरासतमुक्त भएका छन् । डिप्रेसनको औषधि पनि सेवन गरिरहेका उनले सोमबार बेलुका ज्यान गुमाएका हुन् ।…