देश/प्रदेश Archives | Page 225 of 1750 | Khabarhub Khabarhub

राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन

काठमाडौँ– राष्ट्रपति कार्यालयमा कार्यरत सहसचिव शेरजङ्ग कार्कीको ५२ वर्षको उमेरमा निधन भएको छ । राष्ट्रपति कार्यालयमा कानुन महाशाखामा कार्यरत सहसचिव कार्कीको स्वास्थ्यमा समस्या देखिएपछि आज बिहान नर्भिक अस्पताल लगिएको थियो ।  स्थायी घर ओखलढुंगा भएका कार्कीलाई अस्पताल पुर्‍याउनासाथ परीक्षणका क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।