Live on
Your Voice, Your Power
झापा- दक्षिण झापाको हल्दिबारी गाउँपालिका–४ च्याङ्ग्राबन्ध गाउँमा पुरातात्विक महत्वका सामग्री भेटिएका छन् । स्थानीयवासीले खेतबारी जोत्ने र खाल्डो खन्ने क्रममा अनौठा इँटा, भाँडाकुँडा र इनार भेटेका हुन् । “ती सामानको कुनै सरकारी निकायबाट खोज तथा अनुसन्धान भएको छैन । बारीमा तरकारी लगाएका थियौँ,” स्थानीय मञ्जु बरालले भनिन्, “ट्युबेलको पानीले पुग्दैन भनेर इनारका लागि खाल्डो खन्दै…