Live on
Your Voice, Your Power
बझाङ – बझाङमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको बुङ्गल नगरपालिका–५ पौटाको कालङ्गा हाइड्रोपावरको मूल नहरमा अन्दाजी ४५ वर्षीया महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दिपेश चौधरीले बताए। मृतकको पहिचान खुल्न भने बाँकी रहेको प्रहरी निरीक्षक चौधरीले बताए।