देश/प्रदेश Archives | Page 459 of 1737 | Khabarhub Khabarhub

खाडलमा डुबेर बालिकाको मृत्यु

कपिलवस्तु-धाराको पानी जम्मा भएको खाडलमा डुबेर बालिकाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका-६ बर्मेली टोल बस्ने ईन्द्रवती केवटकी छोरी ४ वर्षीया गबिता केवटको डुबेर सोमबार बिहान मृत्यु भएको हो । आफ्नै घर अगाडि खेल्ने क्रममा धाराको पानी जम्मा भएको खाडलमा डुबेर अशक्त भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।