देश/प्रदेश « Khabarhub

कपडा पसलमा आगलागी हुँदा लाखौँको सामान नष्ट

सिरहा– सिरहाको विष्णुपुर बजारमा रहेको एक कपडा पसलमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ। विष्णुपुर गाउँपालिका–५ का चन्देश्वर महतोले विष्णुपुर– १ बजारमा सञ्चालन गर्दै आएको कपडा पसलमा आगलागी हुँदा ८० लाख रुपैयाँभन्दा बढीको धनमाल जलेर नष्ट भएको जनाइएको छ । आगलागीबाट पसलमा रहेका कपडालगायतका सामान पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ…