देश/प्रदेश « Khabarhub

डडेल्धुरामा एक महिला मृत फेला

डडेल्धुरा– डडेल्धुरामा एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको आलिताल गाउँपालिका–३ भुङडाका गणेश महराकी १७ वर्षीया श्रीमती पार्वती विष्ट महरा (प्रिया) मृत अवस्थामा फेला परेकी प्रहरीले बताएको छ।  जोगबुडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगन सिंह भाटका अनुसार एक वर्ष पहिले भागेर विवाह गरेकी प्रिया बिहीवार बिहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।…