समाचार Archives | Page 6937 of 7715 | Khabarhub Khabarhub

नारायणी अस्पतालबाट भागेका कोरोना संक्रमित दुबै जनालाई अस्पताल लगियो

काठमाडौं- नारायणी अस्पतालको आइसोलेसनबाट भागेका दुबै जनालाई प्रहरीले फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी वीरेन्द्रबहादुर शाहीका अनुसार नारायणी अस्पतालको आइसोलेसनबाट भागेका दुबै जनालाई नियन्त्रणमा लिएर अस्पताल लगिएको छ । बुधबार ट्वाइलेटको झ्याल फोडेर भागेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइ पुनः नारायणी अस्पताल पठाइएको डिएसपी शाहीले जानकारी दिए ।