राजनीति Archives | Page 1700 of 1993 | Khabarhub Khabarhub

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरू

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । दिउँसो १ बजे बोलाइएको बैठक अपराह्न मात्र शुरु भएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित छन् । उनी सुरक्षा निकायका अधिकारीसँग बालुवाटारमै छलफल रहेको बताइएको छ ।