अपराध « Khabarhub

११ किलो चरेससहित तीन जना पक्राउ

कञ्चनपुर– प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट ११ किलो चरेससहित तीन जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–२, भासीस्थित ब्रह्मदेव रोडबाट ११ किलो चरेससहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो । पक्राउ परेका तीनै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । पक्राउ परेकाहरुको परिचय भने खुलाइएको छैन ।