Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले पृथ्वीनारायण शाहको शालिक आज अनावरण गरेको छ । बाहिनीको मूल गेट छेउमा निर्माण गरिएको शाहको पूर्णकदको शालिक सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी निर्मलकुमार थापाले अनावरण गरेका हुन् । बाहिनीपति सहायकरथी शङ्करबहादुर पण्डितको सक्रियतामा निर्माण गरिएको शालिक बाहिनीको १६औँ वार्षिकोत्सव समारोहको अवसर पारेर अनावरण गरिएको हो…