Live on
Your Voice, Your Power
एजेन्सी- बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु टोली ग्रानडामाथि ५–३ को जित निकाल्दै बार्सिलोनाले सेमिफाइनलमा स्थान पक्का गरेको हो । बार्सिलोनाको जितमा एन्टोइन ग्रिजमन र जोर्डी अल्वाले समान दुई गोल तथा एक गोल फ्रान्की डि जोङले गरे । ग्रानडाका केनेडी, रोबर्टो सोल्डाडो र फेडे भिकोले गोल गरे ।