देश/प्रदेश « Khabarhub

पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

बाँके- बैजनाथ गाउँपालिका-८ हसनापुर चौफेरी बस्ने धन बहादुर वलीको छोरा १४ वर्षीय प्रज्वल वलीको सोही ठाउँस्थित मानखोलामा डुबेर सोमबार बिहान मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।