Live on
Your Voice, Your Power
सर्लाही - सर्लाहीको हरिवनमा पानीको ड्रममा डुबेर साँझ दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका–२ की अनुषा महतो रहेकी छन् । प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार घरमै खेल्ने क्रममा घरको आँगनमा राखिएको पानीको ड्रममा डुबेर महतो बेहोस भएकी थिइन् । उनको नमूना अस्पताल हरिवनमा उपचारका क्रममा मृत्यु भएको हो ।