देश/प्रदेश « Khabarhub

म्याग्दीका गाउँ-गाउँमा फैलियो कोरोना संक्रमण

म्याग्दी– देशभर कोरोना संक्रमितको संख्या बढी रहेको अवस्थामा हिमाली जिल्ला म्याग्दीका ग्रामीण क्षेत्रमा पनि संक्रमणको दर उच्च देखिएको छ । जिल्ला सदरमुकाम बेनीबजारसँग जोडिएका गाउँका साथै अन्य गाउँहरुमा पनि संक्रमण तीव्र गतिमा फैलिएको छ । बेनी नगरपालिकाको ज्यामरुककोट, रत्नेचौर, भकिम्ली, सिंगा, डम्मरा, पुलाचौर, मंगलाघाटका साथै ६ वटै स्थानीय तहमा कोरोनाको संक्रमण दर ह्वात्तै बढेको छ…