Live on
Your Voice, Your Power
कञ्चनपुर– महाकाली नदीमा पानीको बहाव बढ्दै गएपछि भीमदत्त नगरपालिका – १२ का १५ घर डुबानमा परेका छन् । सो नदीमा बाँधिएको बाँधले भुजेला खोला थुनिएर पानी गाउँ पसेको हो । सो खोलाको पानीको निकासलाई ख्याल नगरी बाँध निर्माण गरिएकाले खोला गाउँ पसेको स्थानीयबासी सुरेन्द्र मल्लले जानकारी दिए । “बाँध निर्माण गरेका बेला नै खोला थुनिन्छ…